विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौं।एमालेभित्र देखिएको विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ।बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्न लागेको हो। यसअघि बिहीबार साँझको बैठकमा सहमति हुने भनिए पनि अर्थमन्त्री समेत रहेका कार्यदल सदस्य विष्णु पाैडेल सहभागी नभएपछि अनाैपचारिक छलफल मात्रै भएको थियो। बिहीबार सहमतिको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो तहका नेताहरूसहित छलफल भएको थियो।

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक अहिलेसम्म बस्न सकेन, आन्तरिक छलफलमा जुटे दुवै पक्ष

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज दिउँसो बस्ने भनिएको भए पनि अहिलेसम्म बस्न सकेको छैन ।

एमाले कार्यदल बैठक आज पनि बस्दै, समय सर्यो

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ ।  बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार विहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।.gr