बुटवल । लुम्बिनी प्रदेशका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् ।
आइतबार बिहान मन्त्रिपरिषदको बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । मुख्यमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले मुख्यमन्त्री पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् ।