वाग्मती प्रदेश सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रुमख यादव शर्मासमक्ष सिफारिस गरेको थियो । शर्माले अधिवेशन अन्त्य भएको विषयमा प्रदेशसभालाई जानकारी गराइसकेका छन् ।