प्रदेश सभाको पछिल्लो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण गर्न ढिलाइ भएकाले चाँडै गर्ने उद्घोष गरेका थिए ।
मुख्यमन्त्री राईले आफैं चासो देखाएको भनी सांसदहरू अचम्म मानिरहेका थिए तर प्रदेश सभामा एकपटक पनि नामकरणको विषय नै नउठी आठौं तथा बजेट अधिवेशन अन्त्य भएको छ ।
प्रदेश सरकारले सभामुखको सल्लाह विना नै संसद अधिवेशनको अन्त्य गर्ने निर्णय गरेको थियो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेपछि प्रदेश प्रमुखले संसद सचिवालयलाई समेत सोमवारै पत्र पठाएका थिए तर सभामुख प्रदिप कुमार भण्डारीले म...