पूर्वाधार निर्माणका काम सम्पन्न नहुँदै लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट नसार्न रुपन्देहीका राजनीतिक दलहरूले आग्रह गरेका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले) रुपन्देहीले आज छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर दाङमा कुनै संरचना निर्माण नभएका कारण हतारमा राजधानी नसार्न आग्रह गरेका छन् । संरचना निर्माण नहुँदै प्रदेश सरकारले अस्थायी मुकाम बुटवलबाट राजधानी दाङ सार्न लागिएकोप्रति ध्यानाकर्षण भएको …