नबिल स्टक डिलरले ६ महीनामा कमायो ६ करोड

काठमाडौं । नबिल स्टक डिलर लिमिटेडले पछिल्लो ६ महीनाको अवधिमा ६ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत असार मसान्तससम्मको तुलनामा पछिल्लो ६ महीनामा साढे ११ प्रतिशत खुद नाफामा वृद्धि देखिएको हो । गत असार मसान्तसम्म कम्पनीले ५ करोड ९८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । नेपालमा दोस्रो स्टक डिलरको रूपमा गत भदौ २० गतेदेखि कारोबार शुरु गरेको यस कम्पनीको सञ्चालन नाफा पुस मसान्तसम्म ७ करोड ३५ लाख रुपैयाँभन्दा बढी छ । सञ्चालन नाफा भने असार मसान्तसम्मको तुलनामा घटेको हो । गत असार मसान्तसम्म कम्पनीको सञ्चालन नाफा ८ करोड ६३ लाख रुपैयाँभन्दा बढी थियो । ६ महीनामा वित्तीय खर्च १८ लाख ६९ हजार रुपैयाँभन्दा बढी भएको कम्पनीले सञ्चालन आम्दानी यस अवधिसम्म ९ करोड ५८ लाख रुपैयाँभन्दा बढी गरेको छ । तेस्रो तहको धितोपत्र दलाल व्यवसायीको रूपमा यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स पाएको हो । धितोपत्र बजारमा पृथक पहिचान कायम गर्ने गरी अघि बढेको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५२ करोड रुपैयाँ छ । नेपाल धितोपत्र बोर्डले तेस्रो तहको ब्रोकर लाइसेन्सका लागि १ अर्ब ५० कराड न्यूनतम चुक्ता पूँजी तोकेको थियो । तोकेभन्दा बढी पूँजी कायम गरी यस कम्पनीले ६८ नम्बर ब्रोकर कम्पनीको नामबाट सेवा प्रदान गरिरहेको छ ।  पुस मसान्तसम्म कम्पनीको जगेडा कोषमा १२ करोड ६६ लाख रुपैयाँभन्दा बढी सञ्चित छ । कुल सम्पत्ति २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँभन्दा बढी रहेको यस कम्पनीको कुल दायित्व ९२ करोड ७२ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ३३ पैसा छ ।

सम्बन्धित सामग्री

डिजेल पेट्रोलको स्टक बिक्री नसकी मूल्य बढाएर करोडौं घोटाला गरियो : एमाले

नेकपा एमालेले स्टक डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौं रुपैयाँको  चलखेल भएको बताइन् । उनले मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात रहेको र मध्यरातदेखि भाउ बढाएर व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र

नेप्सेमा तीन वाणिज्य बैंकको झन्डै ६ करोड ३३ लाख कित्ताभन्दा बढी बोनस सेयर थपियो

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सवा ६ करोड कित्ताभन्दा धेरै संख्यामा सेयर थपिएको छ। साताको पहिलो दिन नेप्सेमा तीन वाणिज्य

डिम्याट खातामा आइपुग्यो मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ

पुस १०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ शनिवारदेखि शेयरधनीको हितग्राही खाता(डिम्याट) मा आइपुगेको छ । कम्पनीको शेयर गत शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो । कम्पनीको स्टक  सिम्बोल एमबीजेसी रहेको छ ।  कम्पनीको ६ करोड कित्ता आईपीओ सूचीकृत भएको हो ।अव कम्पनीको उक्त शेयर दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ दशमलव ३९ देखि २८३ दशमलव १७ तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।  कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ६० लाख कित्ता,कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता,ऋणदाता संस्थाका कर्मचारी ६ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३ करोड ६ लाख कित्ता गरी कुल ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो।कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरूलाई निष्काशन गरेको ६ लाख, संस्थापक सेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनीका सं

मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानियलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, […]

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

सेयर बजारमा उत्साहजनक वृद्धि

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साहजनक वृद्धि आएको छ। नेप्से परिसूचक ७४ अंकले बढ्दै २९ सय अंक नजिक पुगेको छ। सेयर परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भई तीन करोड १५ लाख कित्ता सेयर किनबेच भएको छ। अघिल्लो साताको बिहीबार पनि नेप्सेमा वृद्धि देखिएको थियो।

बोर्ड, नेप्से र सिडिएसद्वारा काेरोना रोकथाम कोषमा कुल ६ करोड ८६ लाख सहयोग

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ र नेपाल स्टक