नेकपा एमालेले स्टक डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको बताएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले पुरानो मूल्यमा आइतबार दिउँसो पेट्रोल पम्पहरुमा पेट्रोल र डिजेल पठाएर राति १२ बजेदेखि नयाँ मूल्य कायम गरी करोडौं रुपैयाँको चलखेल भएको बताइन् । उनले मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजेल मौज्दात रहेको र मध्यरातदेखि भाउ बढाएर व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र