प्रदेश दुईका ९८ स्थाानीय तहले निर्धारित मितिमा बजेट प्रस्तुत गर्न असफल भएका छन् । राजनीतिक दलहरुबीचको विवाद, तहगत आर्थिक् भागवण्डा र विकास निर्माणको कमिसनमा जनप्रतिनिधिबीच नै लोभ बढेपछि वडै पिच्छे रकम बढाउने जनप्रतिनिधिको हाडका कारण प्रदेश दुईका स्थानीय तहले समयमै बजेट प्रस्तुत गर्न नसकेका हुन् । १ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा ३८ वटा स्थानीय तहले मात्र बजेट ल्याएका छन् । स्थानीय तहले निर्धारित मितिमा बजेट प्रस्तुत गर्न असफल भएसँगै चालू आर्थिक वर्षको सबै काम कार्वाही अनिश्चित बन्ने अवस्था बन्दै गएको छ ।