जालझेल आवश्यक छैन, जेठ २ मा फर्किएर अगाडि बढौं : शाक्य

३१ भदौ, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरश: कार्यान्वयन गर्न आग्रह गरेकी छन् । एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले भनिन्, ‘त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’ विभाजनले कसैको हित नगर्ने भन्दै उनले […]

सम्बन्धित सामग्री

‘एमाले एकता सिक्किममा राजा नाम्ग्याल र काजी लेन्डुपको अवस्था जस्तो नहोस’

नेकपा एमालेका नेता विष्णु रिजालले पार्टी जेठ २ गतेमै फर्किएर एकता गर्न ढिला गर्न नहुने बताएका छन् ।

ओली पक्ष कहिले जाँदैछ पुनरवलोकनमा ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले एक हुँदा वाग्मती प्रदेशमा नीति तथा कार्यक्रम पारित भयो । सरकार ढले पनि गण्डकी प्रदेश संसदीय दल एक देखियो । प्रदेशमा यी दुई परिघटनाले जेठ २ मा फर्किएर एकताको हात बढाउन निर्देश गरिरहेका बेला नेकपा एमाले भने पुनरवलोकनमा जाने भएको छ । कर्णाली प्रदेशमा...

ओली–नेपालबीचको भेटवार्ता सिंहदरबारमा दिउँसो १ बजे

पार्टीमा देखिएको विवाद समाधानका लागि कार्यदल मार्फत निकास खोज्ने निष्कर्षमा पुगेको नेकपा एमालेका शीर्ष नेताबीच आइतवार पुनः भेटवार्ता हुँदैछ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दिउँसो १ बजे भेटवार्ता हुन लागेको हो । बालुवाटार स्रोतले दिउँसो १ बजे सिंहदरबारमा भेटवार्ता हुन लागेको लोकान्तरलाई जानकारी दियो ।  शुक्रवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपालसहित दोस्रो तहका नेताहरूको छलफलमा २०७५ जेठ २ को आसपासमा फर्किएर सहमति खोज्ने भद्र सहमति भएको थियो । आइतवार दिउँसो दुई नेता...

जेठ २ मा फर्किएर समस्या समाधान खोज्ने सहमति भयो: गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति भएको छ । शुक्रबार साँझ सिंहदरबारमा भएको छलफलमा नेताहरुबीच उक्त सहमति भएको हो ।  एमाले नेता गोकर्ण विष्टले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित अन्य नेताहरुबीचको छलफलमा सो सहमति भएको बताएका छन् ।नेता विष्टले छलफल सकिएलगत्तै सामाजिक सञ्जालमार्फत नेताहरुबीचको छलफलमा २०७५ जेठ २ मा फर्किएर पार्टीभित्र देखापरेका समस्याको समाधान खोज्ने सहमति

ओली र नेपालबीच भोलि फेरि बैठक बस्दै

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार फेरि छलफल हुने भएको छ । पार्टीको विवाद समाधानका लागि शुक्रबार कार्यदल बनाउने सहमति भएअनुसार त्यसलाई अन्तिम दिन शनिबार पुनः दुई नेताबीच छलफल हुन लागेको हो ।  कार्यदलबारे भोलि बिहान दुई शीर्ष नेताहरुबीच बसेर सदस्यहरुको टुंगो लगाउने नेता गोकर्ण विष्टले जानकारी दिए ।  विष्टले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे आजको बैठकबाट सहमतिमा पुगिएको पनि बताए ।  ‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान ...

जेठ २ मा फर्किएर समस्या समाधान गर्ने सहमति भयो– गोकर्ण विष्ट

नेकपा एमालेका प्रभावशाली युवा नेता गोकर्ण विष्टले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे सहमतिमा पुगिएको बताएका छन् । सिंहदरबारमा शुक्रवार भएको छलफलमा सहभागि नेता विष्टले जेठ २ मा फर्किने सहमति भएको बताएका हुन् ।  ‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान गर्ने सहमति भएको छ, त्यसको लागि कार्यदल बनाएर मोडालिटी बनाउने सहमति भएको छ’ विष्टले लोकान्तरसँग भने । माधव नेपाल पक्षले जेठ २ गतेमा फर्किने विषयलाई बटमलाइन बनाउँदै आएको छ ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ ...

नेकपा विवाद : प्रधानमन्त्री र नेपाल वार्ताले देला निकास?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सुरु भएको वार्तालाई निकै महत्त्वका साथ हेरिएको छ। प्रधानमन्त्री र नेपालबीच वार्ता सुरु भएसँगै सबैका ध्यान तानेको छ। आजै स्थायी कमिटीको निणर्यले नेपाल सहित चार नेतामाथि गरिएको कारबाही फिर्ता गरेसँगै छलफलको वातावरण बनेको हो। अझै नेपाल समूहले भने २०७५ जेठ २ कै अवस्थामा फर्किएर पार्टीलाई अघि बढाउनुपर्ने माग राख्दै आएको छ।

नेकपा एमाले नेपाल–खनाल समूह संसद्मा अनुपस्थित

नेकपा एमालेको नेपाल खनाल समूह संसद्मा अनुपस्थित भएको छ । सोमबार बिहान नेकपा एमालेको नेपाल खनाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भन्दै संसद्मा अनुपस्थित भएको हो ।फागुन २८ गतेको निर्णय खारेज गर्दै २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिबद्धताका लागि सोमबार बिहान ९ बजेसम्मको समय […]