पार्टीमा देखिएको विवाद समाधानका लागि कार्यदल मार्फत निकास खोज्ने निष्कर्षमा पुगेको नेकपा एमालेका शीर्ष नेताबीच आइतवार पुनः भेटवार्ता हुँदैछ ।
अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दिउँसो १ बजे भेटवार्ता हुन लागेको हो ।
बालुवाटार स्रोतले दिउँसो १ बजे सिंहदरबारमा भेटवार्ता हुन लागेको लोकान्तरलाई जानकारी दियो ।
शुक्रवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ओली र नेपालसहित दोस्रो तहका नेताहरूको छलफलमा २०७५ जेठ २ को आसपासमा फर्किएर सहमति खोज्ने भद्र सहमति भएको थियो ।
आइतवार दिउँसो दुई नेता...