काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी रहेको पुष्टि गरेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै ओलीले एमाले समाप्त पार्ने षड्यन्त्र असफल भएको बताएका हुन्। ओलीले भने, ‘एमाले ध्वस्त भयो, समाप्त भयो भनेर बजारमा माहोल खडा गरियो। एक्लै लडेर सिटले एमाले पछि परेको छ तर लोकप्रिय, पपुलर भोटमा अहिले पनि हामी अगाडि छौँ। एमाले एक नम्बर पार्टी हो।’