कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर्र पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले विद्यालय तहको पाठ्यक्रम र परीक्षा पद्धतिमा आमूल परिवर्तन गर्न लागिएकाले नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको बताए