महोत्तरी १ मा माओवादीका गिरिराजमणि पछि परे

६ मंसिर, काठमाडौं । महोत्तरी १ मा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल पछि परेका छन् । चार हजार ४०० मत गणना हुँदा पोखरेललाई एमालेका लक्ष्मी महतो कोइलीले पछि पारेका हुन् । एमालेका महतोले १७९६ मत पाएका छन् भने माओवादीका पोखरेलले १७३३ मत पाएका छन् ।

सम्बन्धित सामग्री

महोत्तरी ४ मा कांग्रेसका महेन्द्र राय निर्वाचित

महोत्तरी ४ बाट नेपाली कांग्रेसका महेन्द्र कुमार राय निर्वाचित भएका छन् ।

महोत्तरी १ मा माओवादीका गिरिराजमणिको अग्रता

६ मंसिर, महोत्तरी । महोत्तरी १ मा नेकपा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अग्रता लिएका छन् । चार हजार ३८५ मत गणना हुँदा पोखरेलले १७३३ मत पाएका छन् भने एमालेका लझ्मी महतो कोइरीले १६९६ मत पाएका छन् । माओवादीका पोखरेल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

महोत्तरी–४ः दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा महोत्तरी–४ मा प्रतिनिधिसभा सदस्यमा दुई गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । महोत्तरी–४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालका केन्द्रीय सदस्य डा सुरेन्द्रकुमार यादवसहित प्रतिनिधिसभा सदस्य पदमा १४ उम्मेदवार हुनुहुन्छ । जसमा स्वतन्त्र उम्मेदवारको […]

महोत्तरी–२ मा कांग्रेस नेता महेन्द्र यादवको दाबेदारी

नेपाली कांग्रेसका नेता महेन्द्र यादव (मधुकर) महोत्तरी–२ बाट उम्मेदवार बन्ने कसरतमा छन् । पार्टीको क्षेत्र, जिल्ला र प्रदेशबाट सिफारिस भएका यादव महोत्तरी–२ को टिकटका लागि तीव्र लबिङमा छन् । उनी २०५६ मा भएको आम निर्वाचनमा महोत्तरी–२ बाट निर्वाचित भएका थिए । ०६२–६३ को जनआन्दोलनपछि पुनस्र्थापित व्यवस्थापिकामा पनि उनी सांसद भएका थिए । त्यस यता कांग्रेसबाट आफूले कुनै अवसर नपाएको यादवको गुनासो छ । ०७४ मा महोत्तरी-२ बाट कांग्रेस केन्द्रीय सदस्य किरण यादवले चुनाव लडेकी थिइन्

महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी, असार १० । महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए। उपचारका लागि […]

महोत्तरी कारागारमा कैदीको मृत्यु

महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ।

चितवन, नवलपुर र  महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व

चितवन, नवलपुर र महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ । कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । शेखर कोइराला पक्षका खनालले पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका थिए ।...

महोत्तरी काँग्रेसमा विवाद : भोक हडताल सुरु

नेपाली काँग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै आजदेखि भोक हडताल थालेको छ । महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी काँग्रेसले आपत्ति जनाउँदै बुधबारदेखि भोक हडताल थालेको हो  ।महोत्तरी काँग्रेसले मंगलबार केन्द्रलाई ध्यानाकर्षण पत्रसमेत पठाएको जनाएको छ । महोत्तरी काँग्रेसका कार्यवाहक अध्यक्ष शम्भु नारायण पाठकले सो पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको म

कांग्रेस महोत्तरी सभापतिमा महेश झा निर्वाचित

महोत्तरी– महोत्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको मतगणना अन्तिम चरणमा पुगेको छ। सहमति जुट्न नसकेपछि शनिबार भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेदेखि जारी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ। अहिलेसम्मको मतगणनामा क्षेत्रीय सभापति, सचिव र सहसचिवको मतपरिणाम आइसकेको छ। बाँकी पदाधिकारी तथा केन्द्रीय महाअधिवेशन प्रतिनिधिको नतिजा आउन बाँकी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाए […]

विप्लव समूहका सर्लाही महोत्तरी इन्चार्ज पक्राउ

१७ फागुन, जनकपुरधाम । नेत्रबिक्रम चन्द विप्लव समुहको नेकपाका सर्लाही र महोत्तरी जिल्लाका इन्चार्ज सोमबार पक्राउ परेका छन् । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ स्थित ताराचौरीबाट विप्लव समूहका सर्लाही र महोत्तरी इन्चार्ज कमलबहादुर सुस्लिङ मगरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका ६ बस्ने मगरलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट शान्तिविरुद्धको […]