नेपाली काँग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै आजदेखि भोक हडताल थालेको छ । महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै महोत्तरी काँग्रेसले आपत्ति जनाउँदै बुधबारदेखि भोक हडताल थालेको हो ।महोत्तरी काँग्रेसले मंगलबार केन्द्रलाई ध्यानाकर्षण पत्रसमेत पठाएको जनाएको छ । महोत्तरी काँग्रेसका कार्यवाहक अध्यक्ष शम्भु नारायण पाठकले सो पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरूलाई पाखा लगाइ जिल्ला अधिवेशनको म