कांग्रेस महोत्तरी सभापतिमा महेश झा निर्वाचित

महोत्तरी– महोत्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको मतगणना अन्तिम चरणमा पुगेको छ। सहमति जुट्न नसकेपछि शनिबार भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेदेखि जारी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ। अहिलेसम्मको मतगणनामा क्षेत्रीय सभापति, सचिव र सहसचिवको मतपरिणाम आइसकेको छ। बाँकी पदाधिकारी तथा केन्द्रीय महाअधिवेशन प्रतिनिधिको नतिजा आउन बाँकी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाए […]

सम्बन्धित सामग्री

चितवन, नवलपुर र  महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व

चितवन, नवलपुर र महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ । कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । शेखर कोइराला पक्षका खनालले पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका थिए ।...

महोत्तरी कांग्रेस सभापतिमा यादव

नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ । शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो । विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस महोत्तरीका सभापतिमा नागेश्वर यादव निर्वाचित भएका छन् । यादव संस्थापन पक्षका हुन् । जिल्ला नेतृत्वका लागि शुक्रबार भएको निर्वाचनमा तीन उम्मेदवारमध्ये कसैले ५१ प्रतिशत मत ल्याउन सकेका थिएन । निर्वाचनमा नागेश्वर यादव सर्वाधिक १ हजार ११, सुशिल यादवले ७७९ र बजरंग नेपालीले ३०६ मत ल्याएका थिए । निकटम प्रतिस्पर्धी सुशील यादव […]

कांग्रेस महोत्तरी सभापतिमा संस्थापन पक्षका यादव विजयी

जनकपुरधाम । नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत महोत्तरीको सभापतिमा संस्थापन पक्षका नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन् । पहिलो चरणमा सभापतिमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा सर्वसहमतिले यादवलाई चयन गरिएको हो । पहिलो चरणको निर्वाचनमा मत परिणामबाट बजरंग नेपाली बाहिरिएपछि नागेश्वर यादव र सुशील यादव प्रतिस्पर्धामा थिए । सुशील...