पहिरोले म्याग्दीका सात जलविद्युत् आयोजनाकाे निर्माण प्रभावित

पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजनाकाे निर्माण प्रभावित भएकाे छ । अर्बौं लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ ।

सम्बन्धित सामग्री

म्याग्दीमा १८ वटा जलविद्युत् आयोजना निर्माण हुँदै

म्याग्दी : ‘हाइड्रो हब’ का उपनाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १८ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्।म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी र अन्य खोलाबाट १८ वटा जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ। निर्माणाधीन १८ वटा जलविद्युत् आयोजनाबाट ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणको छ।जिल्लाका २ विद्युत आयोजना निर्माण भैसकेका छन्। प्राधिकरणले जिल्लाको अन्नपूर्ण गाउँप

पहिरोले सात जलविद्युत् आयोजनका काम प्रभावित

पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् ।

पहिरोबाट म्याग्दीका सात जलविद्युत् आयोजना प्रभावित

पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो । अर्बौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन् । जलविद्युत् …

पहिरोले म्याग्दीका सात जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं : पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन्।रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो। अर्बौँ रुपैयाँ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ।जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन्। जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो।नेपा

म्याग्दीमा पहिरोका कारण सातवटा जलविद्युत् आयोजनाको काम प्रभावित

काठमाडौं : पहिरोका कारण म्याग्दीका सातवटा जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएका छन्। रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित बनेको हो। जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन्। जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न…

म्याग्दीमा ११ जलविद्युत् आयोजना बन्दै

काठमाडौँ । म्याग्दीका तीन वटा जलाधारमा कालीगण्डकी, म्याग्दी र राहुघाट खोलामा ३८८ भन्दा बढी मेगावाट क्षमताका १० जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । म्याग्दी खोला जलाधारमा समेटिएका धौलागिरि र मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोलामा ३, रघुगंगा गाउँपालिकामा पर्ने राहुघाटखोलामा ३ र काली गण्डकी जलाधारमा पर्ने अन्नपूर्ण गाउँपालिकामा ५ आयोजना बनिरहेका हुन् । सदरमुकाम बेनीबाट २४ किमी पश्चिम […]

म्याग्दीमा जलविद्युत् : तीन आयोजनाबाट उत्पादन सुरू‚ १५ आयोजना निर्माणाधीन

म्याग्दी : म्याग्दीका विभिन्न नदी तथा खोलामा निर्माणको चरणमा प्रवेश गरेका १८ वटा जलविद्युत् आयोजनामध्ये कुनै आयोजनाको निर्माण प्रक्रिया सुरू भएको छ भने कुनै आयोजनामा स्थानीयले अवरोध गरेका छन्।म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी नदी र खोलामा १८ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। निर्माणाधीन १८ वटा जलविद्युत् आयोजनाबाट ६६२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।दुई विद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन्। विद्युत् प्राधिक

म्याग्दीमा ११ जलविद्युत् आयोजना निर्माणाधीन

म्याग्दीमा ३५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । विद्युत् विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका ३ वटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।  कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । ८३.५ मेगावाट क्षमताका ३ वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन् ।  जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख दे...

प्रशारण लाइनको टावर ढलेपछि चार जलविद्युत् आयोजना बन्द

म्याग्दी– प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक–एक आयोजनाको ७०.६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो। मोदीखोला–१ जलविद्युत् आयोजनाको विद्युत्‌ गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइनको चार नम्बरको […]

म्याग्दीमा १८ ओटा जलविद्युत् आयोजना निर्माण हुँदै

वैशाख २१, म्याग्दी । ‘हाइड्रो हब’ का नामले समेत परिचित हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलाहरुमा १८ ओटा जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । म्याग्दीका प्रमुख नदीहरु कालिगण्डकी, रघुगंगा, म्याग्दी नदी र खोलाहरुबाट १८ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । निर्माणाधीन १८ ओटा जलविद्युत् आयोजनामा ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको छ । जिल्लाका दुई ओटा विद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । नेपाल विद्युत् प्राधिकरणले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।  त्यसैगरी, घलेम्दी हाइड्रो लिमिटेडद्वारा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेको छ । त्यसैगरी नारच्याङको मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ परीक्षणको अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भइसकेका यी तीन जलविद्युत् आयोजनाबाट ४९ मेगावाट विद्युत् उत्पादन भएको छ । निर्माण सम्पन्न भइसकेका यी तीनओटा जलविद्युत् आयोजना बाहेक अन्य १५ ओटा जलविद्युत् आयोजनाहरु केही निर्माणाधीन अवस्थामा रहेका छन् भने केही आयोजना निर्माणको चरणमा प्रवेश गरेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रवहादुर केसीले बताए । समन्वय समितिका प्रमुख केसीका अनुसार कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीहरूबाट समेत विद्युत् उत्पादनका लागि १५ ओटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् । उनका अनुसार निलगिरि खोला हाइड्रोपावर लिमिटेडले ३८ मेगावाटको निलगिरि जलविद्युत् आयोजना, ७१ मेगावाटको निलगिरि २, हाइड्रो सपोर्ट प्रालिले दानामा ५३ दशमलव ५ मेगावाटको मध्यकालिगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेगावाटको, हिम कन्सल्टले नारच्याङमा ६ मेगावाटको रेले खोला जलविद्युत् आयोजना, कालिगण्डकी हाइड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले ४ मेगावाटको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । त्यस्तै, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिले ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना, ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, तुदी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले, तुदी पावर कम्पनीले नै ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् र सुंयक्त ऊर्जा खोला प्रालिले २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गरेका छन् । म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालि २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले ५३ दशमलव ५ मेगावाटको अपर म्याग्दीखोला १ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन् ।  जिल्लामा उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारणलाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइन निर्माणको चरणमा रहेको छ । अर्बौको लगानीमा निर्माण हुने यी जलविद्युत् आयोजनाका कारण जिल्लामा सयौ व्यक्तिहरुले रोजगारी समेत पाएका छन् भने सामुदायिक विकासको लहर समेत चलेको जनप्रतिनिधिहरुले बताएका छन् ।