पहिरोले म्याग्दीका सात जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं : पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन्।रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो। अर्बौँ रुपैयाँ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ।जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन्। जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो।नेपा

सम्बन्धित सामग्री

म्याग्दीमा १८ वटा जलविद्युत् आयोजना निर्माण हुँदै

म्याग्दी : ‘हाइड्रो हब’ का उपनाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १८ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्।म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी र अन्य खोलाबाट १८ वटा जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ। निर्माणाधीन १८ वटा जलविद्युत् आयोजनाबाट ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणको छ।जिल्लाका २ विद्युत आयोजना निर्माण भैसकेका छन्। प्राधिकरणले जिल्लाको अन्नपूर्ण गाउँप

पहिरोले म्याग्दीका सात जलविद्युत आयोजना निर्माण प्रभावित

म्याग्दी । पहिरोका कारण म्याग्दीका सात जलविद्युत आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौं लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने भएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत आयोजना निर्माणाधिन छन् […]

बुकुखोला जलविद्युत आयोजनाका लागि लगानी जुट्दै

म्याग्दी-ओखलढुंगामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाका लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका सञ्चालकसमेत रहेका म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक सेयर रूपमा लगानी जुटाउन लागिएको हो ।ओखलढुंगाको खिजीडेम्बा गाउँपालिकाको वडा नम्बर ७ मा रहेको बुकुखोलामा ६ मेगावाटको बुकुखोला जलविद्युत आयोजना […]

म्याग्दीमा ११ जलविद्युत् आयोजना निर्माणाधीन

म्याग्दीमा ३५३ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । विद्युत् विकास विभागका अनुसार ४९ मेगावाट क्षमताका ३ वटा जलविद्युत आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७००.८३ मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन् ।  कूल ३४६.०३ मेगावाट क्षमताका ६ वटा आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । ८३.५ मेगावाट क्षमताका ३ वटा आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा आयोजना सर्वेक्षणको क्रममा छन् ।  जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख दे...

म्याग्दीमा ६६२ मेवा क्षमताका १८ ओटा जलविद्युत् आयोजना निर्माण हुँदै

वैशाख ७, म्याग्दी  । ‘हाइड्रो डिष्ट्रिक’ अर्थात् जलविद्युतको जिल्लाको रुपमा परिचित हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलाहरुमा  ६६२ मेगावाट(मेवा) क्षमताका १८ ओटा जलविद्युत् आयोजनाहरु निर्माणको चरणमा प्रवेश गरेका छन् । म्याग्दीका प्रमुख जलाधार क्षेत्र कालिगण्डकी, रघुगंगा, म्याग्दी नदी र सहायक विभिन्न नदीमा १८ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका विद्युत विभागले बताएको छ । निर्माणाधीन १८ ओटा जलविद्युत् आयोजनामा ६६२ मेवा विद्युत् उत्पादनको लक्ष्य रहेको छ । कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीहरूबाट समेत विद्युत् उत्पादनका लागि दर्जनभन्दा जलविद्युत् आयोजनाले काम गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । उनका अनुसार अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नेपाल विद्युत् प्राधिकरणबाट उत्पादन भइरहेको दुई मेवा क्षमताको तातोपानी साना र घलेम्दी हाइड्रो लिमिटेडद्वारा पाँच मेवा क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेका छन् भने नारच्याङमा मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेवा क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना परिक्षणको अन्तिम चरणमा छ ।  त्यसैगरी निलगिरि खोला हाइड्रोपावर लिमिटेडले ३८ मेवाकोे निलगिरि जलविद्युत् आयोजना, ७१ मेवाको निलगिरि २, हाइड्रो सर्पोट प्रालिले दानामा ५३ दशमलव ५ मेवाको मध्यकालिगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेवा, हिम कन्सल्टले नारच्याङमा ६ मेवाको रेले खोला जलविद्युत् आयोजना, कालिगण्डकी हाइड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेवाको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट ग्रूपले ४ मेवाको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको योजनामा छन् ।  त्यस्तै पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिले ३७ मेवाको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माण गर्ने योजना सडक पहुँच विस्तारमा लागेको छ । उत्तरी म्याग्दीको रघुगंगा नदीका चार जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । ४० मेवाको राहुघाट जलविद्युत आयोजना, तुदी पावर कम्पनीले ३७ मेवाको राहुघाट मंगले, तुदी पावर कम्पनीले ४८ मेवाको अपर राहुघाट जलविद्युत् र सुंयक्त ऊर्जा खोला प्रालिले २१ द्यशमलव ३ मेवाको ठूलोखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालि २५ मेवाको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले ५३ दशमलव ५ मेवाको  अपर म्याग्दीखोला १ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन् ।  जिल्लामा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारणलाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइन निर्माणको चरणमा रहेको छ । धौलागिरि हिमालको फेदीमा मुहान रहेको रघुगंगा नदी र यसमा मिसिने अन्य खोलाबाट करीब १५० मेवा क्षमतासहित पाँच ओटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका लागि निर्माणको चरणमा प्रवेश गरेका छन् । चिमखोलाको बगरखोलामा ५ दशमलव ५ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि मोना हाइड्रोपावर लिमिटेडले विद्युत् खरीदविक्री सम्झौताको चरणमा पुर्‍याएको छ । ४० मेवा क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन यस नदीमा २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला, ३५ दशमलव ५ मेगाघाट क्षमताको राहुघाट मंगलेले समेत निर्माणकार्य शुरु गरेका छन भने ४८ मेवाको अपर राहुघाट जलविद्युतको समेत ठेक्का लगाएर निर्माणकार्य प्रारम्भ गर्ने तयारी गरिएको छ । रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा संयुक्त ऊर्जा प्रालिले निर्माण गर्न लागेकोे २१ द्यशमलव ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनामा निर्माण पूर्वका कार्यलाई अघि बढाएको छ । रघुगंगा नदीको चिमखोलामा तुँदी पावर कम्पनीले ३५ दशमलव ५ मेगाघाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण शुरु गरेको छ । तुँदी पावर कम्पनीले नै यस आयोजनाको पावर हाउसबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गरी ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । रघुगंगा नदीमा यसअघि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेवा क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको करीब ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ ।  तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजनामा पिप्ले, अँधेरीखोला र तिल्लेकीको अडिटबाट मुख्य सुरुङ खन्ने कार्यले तीव्रता पाएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । ६०० मिटर बढी मुख्य सुरुङ खनिसकिएको छ ।रघुगंगाको विकट क्षेत्रमा जलविद्युत् आयोजनाको निर्माण सुरु भएसँंगै सामुदायिक विकासमा साझेदारीको अपेक्षा गरिएको छ ।  गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम हुँदै चिमखोला जोड्ने अजिङ्गर भीरमा सडक निर्माणमा स्थानीय तहलाई तुँदी पावर कम्पनीले सहकार्यमार्फत सडक पहुँच आयोजनासम्म पुर्‍याएको छ ।  निरन्तर बगिराख्ने नदीमा आयोजना सञ्चालन सुखद हो तर आयोजना निर्माण कम्पनीले ढिलासुस्ती गरेर स्रोत ओगट्नेमात्र काम भएको हुँदा सरोकारवालाले निगरानीतर्फ ध्यान दिन स्थानीयले माग गरेका छन् ।