हामीले सात पटक संविधान फेर्यौँ । प्रजातन्त्र, पञ्चायत, बहुदलपछि पुनः प्रत्यक्ष राजाको शासन, २०६२/०६३ जन उभारले ल्याएको गणतन्त्र गरी पाँचवटा प्रणाली अर्थात् व्यवस्था परिवर्तन भइसक्यो । ठूल्ठूला क्रान्ति, जनक्रान्ति, महानक्रान्ति र सशस्त्र जनयुद्धहरू छेडिए । हजारौँ नेपाली आमाका सपुतले जनअधिकार, मौलिक हक, जन्मसिद्ध अधिकारको सुनिश्चितताका संवैधानिक सर्वोच्चता र विधिको शासन लागि आफ्नो आमूल जीवन उत्सर्ग गरिसकेका छन् ।नेपालमा २४० वर्षदेखिको शाहवंशीय राजतन्त्र ढल्यो । अन्याय, अत्याचार, कुशासनको मूल जड र