माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले एकपछि अर्को सफलता हासिल गर्दै गएको छ । एक महिनाअघि हेडरेस सुरुङको ब्रेक थ्रु भएको आयोजनामा अहिले विद्युत्गृहभित्र प्रयोग हुने सामान ढुवानी भई सफलता हासिल गरेको हो । आयोजनाको सबैभन्दा चुनौतीको रूपमा विद्युत् उत्पादनका लागि प्रयोग हुने ठूला सामान ढुवानीमा थियो ।