प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद पशुपति शमशेर जबराले शपथग्रहण गराउने भएका छन् । नागरिकताका आधारमा राप्रपाका जबरा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा १ महिना २६ दिन जेठो निस्किएपछि शपथ गराउने ज्येष्ठ सांसदको टुंगो लागेको हो ।