नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारीका लागि उनको नाम सिफारिस गरेको हो ।सो पार्टीका जिल्ला सचिव रमेश गौतमका अनुसार समानुपातिकतर्फ भने दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरिएको छ । यस्तै, प्रदेशसभा (क) र (ख) का लागि ६ जनाको नाम सिफारिस गरिएको उनले जानकारी दिए ।एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको यस