अछाम १ बाट भीम रावलको नाम सर्वसम्मत सिफारिस

धनगढी : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेले डा. भीम रावलको नाम सर्वसम्मत सिफारिस गरेकाे छ।प्रतिनिधिसभातर्फ रावलको नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जानकारी दिए।नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए। रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७ सय १९ मत ल्याएका थिए। 

सम्बन्धित सामग्री

झपटलाई भीम रावलको विकल्प बन्ने चुनौती

नेकपा एमालेका नेता भीम रावलको अछाम-१ बाट प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत सिफारिस भएका थिए । तर अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन्, बरु नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका झपट बोहरालाई उम्मेदवार बनाए । एमालेमा पनि बोहराको आवद्धता छोटो छ । र पनि, उनले भीम रावल जस्ता नेतालाई उछिनेर पार्टीको टिकट हत्याए । उम्मेदवारी मनोनयनकै दिन […]

भीम रावल : एमालेमै बस्ने, मन परेकालाई मात्रै भोट माग्ने

२७ असोज, काठमाडौं । नेकपा एमालेमा तल्लो तहका सबै कमिटीबाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका नेता भीम रावलले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । अछाम–१ बाट टिकट नदिएपछि ‘अध्ययन गर्दैछु’ भन्दै आएका नेता रावलले बिहीबार काठमाडौंको बरमहलस्थित एक व्याङ्केटमा पत्रकार सम्मेलन गरी एमालेमै बस्ने निर्णय सुनाएका हुन् । अर्का नेता घनश्याम […]

ओलीले टिकट दिएनन्, रावलले हाने ४४ आरोपको झटारो

२६ असोज, काठमाडौं । नेकपा एमालेको टिकट नपाएपछि नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १६ पृष्ठ लामो आरोप लगाएका छन् । अछाम–१ बाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका रावलले बिहीबार पत्रकार सम्मेलन गरी ओलीले लगातार स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णय गरेको आरोप लगाएका छन् । क्षेत्रीय कमिटी, जिल्ला र प्रदेश कमिटीले गरेको सर्वसम्मत […]

मलाई टिकट नदिने ओलीको निर्णय स्वेच्छाचारी र अन्यायपूर्ण : रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले आफूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकट नदिनु अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णय भएको टिप्पणी गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै रावलले सर्वसम्मत एकल सिफारिस हुँदा पनि टिकट नदिनुले अछाम र सुदूरपश्चिमका जनताको अपमान भएको टिप्पणी गरे। ‘गत भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत सिफारिस भएको थियो। भदौ २२ गते सुदुरपश्चिम प्रदेश कमिटीले पनि एकल रुपमा सिफारिस गरेको थियो।’ उनले भने, &l

गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु : भीम रावल

२२ असोज, काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको निर्णयबारे गहन अध्ययनमा रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उनी अछाम-१ बाट सर्वसम्मत सिफारिस भएका थिए । तर एमालेले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रावलले टिकट नपाएको भन्दै एमालेको अछाम-१ का क्षेत्रीय संयोजक प्रकाश शाह र […]

अछाममा भीम रावलले पाएनन् टिकट, झपट बोहरा एमालेको उम्मेदवार

अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट दिएन।

एमाले अछामबाट रावल र बोगटीको नाम सिफारिस

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) अछामले प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको अछाममा दुवै क्षेत्रबाट आगामी निर्वाचनको उम्मेदवार सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरेको छ । दलको सम्बन्धित क्षेत्र समन्वय समितिले प्रतिनिधिसभाको अछाम –१ मा डा. भीमबहादुर रावल र क्षेत्र नं. २ मा यज्ञबहादुर बोगटीको नाममा एकल रुपमा सिफारिस गरेको हो । रावल र बोगटी सोही क्षेत्रका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

अछाम १ मा भीम रावल सर्वसम्मत, क्षेत्र नम्बर २ पनि यज्ञ बोगटीको एकल नाम

कैलाली । अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट डा. भीम रावलको नाम एकल सिफारिस भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ रावलको एकल नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जनकारी दिए । नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लोपटक निर्वाचित भएका थिए । रावलले २४ हजार ८ सय ८३ […]

श्रममन्त्री कुँवर अछाम-१ बाट उम्मेदवार सिफारिस

१३ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा  निर्वाचनका लागि अछाम-१ बाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उम्मेदवार सिफारिस भएका छन् । कुँवरलाई एकीकृत समाजवादीले १ नम्बर क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर २ बाट भने नमराज न्यौपाने र देबेन्द्र दुई जना सिफारिस भएका छन् । उनीहरूको […]