एमाले गोरखाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ । एमाले गोरखा क्षेत्र नम्बर २ कमिटीले चक्रेमिलनसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमाललाई प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रले नाम जिल्ला कमिटीमा पठाएको हो । एमाले गोरखा जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले क्षेत्रीय निर्वाचन कमिटीले आकांक्षीहरु सवैको नाम राखेर पठाउनु स्वभाविक भएको बताए । यद्यपि उनले जिल्ला कमिटीमा ति नामहरु सोमबारमात्र आइपुग्ने भन्दै प्रक्रियागत