आज कृष्ण जन्माष्टमी । हिन्दु धर्ममा भगवान् श्रीकृष्णको विशेष महत्त्व छ । श्याम वर्णका अत्यन्तै प्रभावशाली व्यक्तित्वका धनी श्रीकृष्ण बाँसुरी बजाएर सारा जगत मन्त्रमुग्ध पार्दथे । उनको मुस्कानमा हर्ष, मनको सौन्दर्य र सौम्यको अद्भुत सङ्गम पाइन्छ ।कालो, घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ । यो आकर्षक व्यक्तिले सारा जगतलाई मोहनी लगाएको छ । श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, मुरली मनोहर, श्यामसुन्दर, मखनचोर इत्यादि विभिन्न नामले पुकारिन्छ । कृष्णको नाम कृष अर्थात् कर्षण शब्दबाट बनेको