काठमाण्डाै – उद्योगी व्यवसायीहरूले देशकाे बिग्रँदो अर्थतन्त्र र अर्थनीति सही नभएको गुनासो गरेका छन् । मङ्गलवार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र गगन थापाले बोलाएको छलफलमा धेरैजसाे उद्योगी व्यवसायीहरूले देशको अर्थतन्त्र र सरकारको मौद्रिक नीतिको विषयमा गुनासो गरेका हुन् ।
उद्योगी व्यवसायीहरूले राजनीतिक अस्थिरता र स्थिर मौद्रिक नीति नहुँदा अर्थतन्त्रमा सङ्कट देखिएकाे भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सङ्कटपूर्ण अर्थतन्त्रको समाधान गर्न नेपाली कांग्रेसले अग्रणी भूमिका खेल्न सुझाव दिए । व्यवसायीहरूले कांग्रेसले अर्थ ...