काठमाण्डाै – उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कुनै पनि कालखण्डका भ्रष्टाचारजन्य अपराधहरूलाई 'इफ, बट, इन्तु, परन्तु' नभनी बाहिर ल्याउने बताउनुभएको छ ।
आइतवार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै मन्त्री पाैडेलले वर्तमान सरकार भ्रष्टाचार र सुशासन कायम गर्ने सन्दर्भमा स्पष्टताका साथ प्रस्तुत भइरहेको बताउनुभएकाे हाे । २०४७ सालपछिका वा बहुदल सुरु भएपछिका भष्टाचार अपराध बाहिर नआउने चर्चा भए पनि सरकारले कुनै पनि का...