काठमाडौं : राष्ट्रिय सभाको 'संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समिति'ले संघीयता कार्यान्वयन सम्बन्धी सुझाव तथा सिफारिस प्रतिवेदन बुझाएको छ। समितिका संयोजक खिमलाल देवकोटाले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बिहीवार प्रतिवेदन बुझाएका हुन्।
'संघीय संसद, राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सिफारिसहरू- २०७९' नामक प्रतिवेदनको…