नेपाललाई दाताको वित्तीय सहयोग वितरण प्रणालीमा एकरूपता ल्याउने घोषणा

काठमाडौं । विभिन्न बहुपक्षीय विकास बैंक तथा अन्तरराष्ट्रिय वित्तीय संस्थाहरू नेपाललाई वित्तीय स्रोत उपलब्ध गराउँदा अपनाउने प्रक्रियामा एकरूपता ल्याउन राजी भएका छन् । आधा दर्जन अन्तरराष्ट्रिय संस्थाहरू— विश्व बैंक, एशियाली विकास बैंक, एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, इन्टरनेशनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट, ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट, एजेन्स फ्रान्से डे डेभलपमेन्ट र नेपाल सरकारबीच यस्तो समझदारी भएको हो । बुधवार एक प्रेस विज्ञप्ति जारी गरी विश्व बैंकले दाताहरूले स्रोत वितरण (डिस्बर्समेन्ट) प्रक्रिया र अभ्यासमा तालमेल मिलाउँदा सञ्चालन प्रभावकारिता बढ्ने र नेपालको विकास लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने बताएको छ । काठमाडौंमा नेपाल सरकार र अन्तरराष्ट्रिय दातृ निकायहरूबीच सोमवार र मंगलवार भएको कार्यशाला गोष्ठीमार्फत उनीहरू यस्तो सहमतिमा पुगेका हुन् । ‘एकैखाले वितरण प्रणालीबाट स्रोतको व्यवथापन, सञ्चालन प्रभावकारिता र समयमै संवितरणका काम पूरा गर्न सहयोग पुर्‍याउनेछ,’ अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले भने ।  यसले वित्तीय सहयोग सञ्चालन प्रभावकारिता बढ्ने र नेपालको विकास लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्व बैंकको भनाइ विश्व बैंकका अनुसार सरकार र बहुपक्षीय दातृनिकायहरू मूलत: तीन क्षेत्रमा आपसमा मिलेर जान तयार भएका छन् । पहिलो– उनीहरूबीच तीन तहका सरकारलाई रकमको व्यवस्था, सरकारले गर्ने रिपोर्टिङको प्रक्रिया, कानूनी र वितरण प्रक्रियामा एकरूपता ल्याउन सहमति भएको छ । दोस्रो– सरकारले गर्ने रिपोर्टिङको प्रारूप सबै दातृ निकायका लागि एकै मापदण्डको बनाउने उनीहरूको सहमति छ । त्यसो गर्दा सरकारको प्रशासनिक खर्च कटौती गर्न सकिने उनीहरूको धारणा छ । तेस्रो– सरकारको वैदशिक सहयोग लिने र खर्च गर्ने प्रणाली यी बहुपक्षीय दाताका प्रणालीसँग मिल्दोजुल्दो बनाउने विषयमा पनि उनीहरू सहमत भएका छन् । विश्व बैंकका वित्तीय क्षेत्र हेर्ने उपाध्यक्ष पामेला ओ कोन्नेलले बैंकले आफ्नो काममा सञ्चालन प्रभावकारिता ल्याउन काम गर्दै गरेको र अन्य सहवित्तीय लगानीकर्तासँग संवितरण प्रणालीमा एकरूपता ल्याउने विषयमा सँगै काम गर्न तयार रहेको बताइन् । यो काम अघि बढाउन एउटा समझदारी तयार गरी त्यसको कार्यान्वयन चरणबद्ध रूपमा गर्न पनि उनीहरू तयार भएका छन् । केही वर्षयता दातृ निकायहरू आपसमा मिलेर नेपालका लागि वित्तीय स्रोत जुटाउन अगाडि बढेका छन्् । उनीहरूले २०७८ असोजमा नेपालमा हरित तथा समावेशी विकासका लागि मिलेर अगाडि बढ्न काठमाडौं घोषणापत्र जारी गरेका थिए । सरकारबाट अर्थ मन्त्रालय र दातृ निकाय तथा दाता राष्ट्रहरू— एशियाली विकास बैंक, विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोष, संयुक्त राष्ट्रसंघ, अस्ट्रेलिया, यूरोपेली संघ, फिनल्यान्ड, फ्रान्स, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्यान्ड, बेलायत र अमेरिकाले घोषणापत्र अनुमोदन गरेका थिए । त्यसै गरी गत मङ्सिरमा विश्व बैंक र एशियाली विकास बैंकबीच नेपालको जलविद्युत् क्षेत्रमा योगदान गर्ने हिसाबले एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारीअनुसार यी दुई दाताले माथिल्लो अरुण जलविद्युत् आयोजना (१०६१ मेगावाट) र दूधकोशी जलविद्युत् आयोजना (६३५ मेगावाटमा) मा मिलेर वित्तीय लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । शुरूमा ५ वर्षका लागि गरिएको यो समझदारीअन्तर्गत दुई दातृ निकाय नेपालकेन्द्रित सहकार्य, सहवित्तीय लगानी र जलवायु परिवर्तनमा मिलेर अघि बढ्न राजी भएका छन् ।

सम्बन्धित सामग्री

अग्नि पीडितलाई सहयोग

आगलागीबाट पीडित भएका उद्योगी व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।संघले पीडितलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैयाँ सहयोग गरेको हो । आगलागीबाट पीडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ । संघले व्यवसायी सुरक्षित कोषबाट ३ लाख र कार्यसमितिबाट संकलित सो रकम पीडितलाई सहयोग गरेको हो ।७ कात्तिकमा आगलागीबाट […]

‘दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्छ : जियान्चाओ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवं पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताएका छन् । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उनले यस कोषले नेपालसहितका मुलुकलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताएका हुन् । सोमवार काठमाडौँको वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख

मुक्तिनाथको सहयोग

मुक्तिनाथ विकास बैंकले धादिङको श्री चण्डेश्वरी आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई ५० हजार रूपैयाँ सहयोग गरेको हो।...

सहयोग

साथीको रेस्टुरेन्टमा आएका साथीहरू रुचिअनुसारका परिकारको स्वाद लिएर सन्तुष्टि डकार्दै बाहिर निस्कने बेला हात मिलाउँदै भने, ‘हामीबाट केही सहयोग चाहिए अप्ठ्यारो नमानी भन्नु है।’...

मेटलाइफको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिड–१९ प्रभावितहरूलाई सहयोग गरेको छ ।फाउन्डेसनको आर्थिक सहयोगमा मोरङ र सप्तरीका २५० परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ । त्यसका लागि फाउन्डेसनले करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।

एक एक पाइलालाई सहयोग प्राप्त

नेपाललगायत भारतकी चर्चित अभिनेत्री मनिषा कोइरालाबाट एक एक पाइला फाउन्डेशनलाई सहयोग प्राप्त भएको छ । अभिनेत्री कोइरालाले एक कार्यक्रममार्फत एक एक पाइला फाउन्डेशन सहयोग प्रदान गरेकी हुन् ।सहयोग स्वरुप उनले फाउन्डेशनलाई २० थाना अक्सिजन कन्सन्ट्रेटर दिएकी हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि बीएपीएस बेलायतको सहयोगमा उक्त सामग्री अभिनेत्री कोइरालाले एक एक पाइलालाई हस्तान्तरण […]

नेपाललाई सहयोग गर्न यूएई सकारात्मक, छिट्टै सहयोग प्राप्त हुने

यूएई – नेपाललाई स्वास्थ्य सामाग्री सम्बन्धी सहयोग गर्न यूएई सरकार सकारात्मक भएको छ । नेपाल सरकारकोतर्फबाट गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिएको र छिट्टै सहयोग प्राप्त हुने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो । नेपालले सकेसम्म भ्याक्सिन सहयोग गरिदिन यूएईसँग अनुरोध गरेको र त्यसका लागि विभिन्न निकायबीच समन्वय र छलफल भइरहेको राजदूत ढकालले जानकारी दिनुभयो ।  नेपालले परराष्ट्र मन्त्रालय, नेपाली दूतावास, काठमाण्डौमा रहेको यूएई दूतावास लगायत सरकारका उच्च निकायमार्फत स...

नेपालले माग्यो अमेरिकासँग सहयोग

काठमाडौं। कोरोना महामारीसँग जुधिरहेको नेपालले अमेरिकासँग खोप तथा स्वास्थ्य सामाग्री सहयोग मागेको हो। रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको टेलिफोन संवादमा सहयोग मागिएको हो। जवाफमा राजदूत बेरीले अर्को सातासम्ममा अमेरिकाबाट सहयोग आउने प्रतिबद्धता जनाएका थिए। रक्षामन्त्री पोखरेलले खोप, भेन्टिलेटर, अक्सिजन, पीपीईलगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न आग्रह गरेका थिए।