अमेरिकाका एक संघीय न्यायाधीशले टेक्सासको गर्भपतन सम्बन्धी नयाँ विवादास्पद कानुनमाथि रोक लगाएका छन् । युएस डिस्ट्रिक जज रोबर्ट पिटम्यानले बाइडेन प्रशासनको आग्रहअनुसार यस्तो निर्णय गरेका हुन् । जसअनुसार वैधतामाथि चुनौती सामना गरिरहेको कुनै पनि कानून कार्यान्वयनमा जान सक्दैन । यसअघि टेक्सास राज्यले गर्भ बसेको ६ हप्तापछि गर्भपतन गर्न नपाइने कडा कानून ल्याएको थियो । टेक्सास राज्यका जनप्रतिनिधिहरुले यस कानून पारित गरिसकेका छन् । त्यसपछि १ सेप्टेम्बरदेखि यो कानून लागू भएको थियो । तर, य