गोरखा : गोरखालाई लोडसेडिङमुक्त घोषणा गरिएको चार वर्ष बित्यो। तर, व्यवहारमा त्यो महसुस गर्न गोरखाबासीले अझै पाएका छैनन्। अहिले पनि दिनहुँ बत्ती झ्याप्प झ्याप्प जाने गर्दा लोडसेडिङमुक्त क्षेत्रले गिज्याइरहेजस्तो लाग्छ।नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, गोरखाले गोरखालाई लोडसेडिङ मुक्त क्षेत्र घोषणा गरे पनि गोरखाबासीले पछिल्लो समय दैनिक लोडसेडिङको मार खेप्ने गरेका छन्। गोरखा लोडसेडिङमुक्त क्षेत्र भनेर घोषणा भए पनि प्राधिकरणले बिनासूचना पटक पटक दिनकै विद्युत् आपूर्ति बन्द गर्