शेरबहादुर देउवा नेतृत्वको सरकारमा सबैभन्दा बढी अवसर र चुनौतीबीच कोही मन्त्री छन् भने ती हुन्, ऊर्जामन्त्री महेन्द्रबहादुर शाही। लामो समयपछि जनताले लोडसेडिङबाट पाएको मुक्तिलाई हिउँदमा पनि निरन्तरता दिन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न नै ऊर्जामन्त्री शाहीसामु चुनौतीका रूपमा उभिएको छ। उनलाई यो चुनौती यस कारण पनि छ, किनभने अघिल्लो ऊर्जामन्त्री जनार्दन शर्माले देशलाई लगभग लोडसेडिङमुक्त…