काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि लगाइएका लाल्छना पुष्टि गर्न सापकोटाको सचिवालयले चुनौती दिएको छ ।
एमालेले सभामुख सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजेको भन्दै सचिवालयले आपत्तिसमेत जनाएको छ । सभामुख सापकोटाको सचिवालयले आज बुधवार प्रेस नोट निकालेर राजनीतिक पूर्वाग्रहबाट प्रेरित कुप्रचार नगर्न पनि आग्रह गरेको छ ।
सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाइ गलत भाष्य निर्माण गर्न खोजिएकोतर्फ सचिवालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्ले...