काठमाडौं । काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि चलचित्र विकास बोर्डले बिहीबार साढे दुई हेक्टर वन क्षेत्रको जग्गाको स्वामित्व प्राप्त गरेको छ । आयोजित समारोहमा वन तथा भूसरंक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बोर्ड अध्यक्ष भुवन केसीलाई उक्त जग्गा हस्तान्तरण गरे । जग्गा प्राप्त हुनेबित्तिकै अब टेन्डर प्रक्रिया अघि बढ्ने अध्यक्ष केसीले जानकारी दिए […]