मधेस केन्द्रीत दलका प्रदेश सांसदले काठमाडौंमा शपथ नलिने

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। 'प्रदेशसभाका विजयी सांसदले आफ्नै प्रदेशमा शपथ खान्छन्, आफ्नो प्रदेशभन्दा बाहिर गएर सपथ खाँदैनन्'…

सम्बन्धित सामग्री

विना विभागीय मन्त्री बन्न महराले गरे इन्कार

२५ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहणमा ढिलाई भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले दिउँसो १ बजेका लागि शपथग्रहणको समय दिएका थिए । सत्ता साझेदार माओवादी केन्द्रबाट दलका नेता जोखबहादुर महराले विना विभागीय मन्त्री बन्न इन्कार गरेपछि शपथ ग्रहणमा ढिलाइ भएको हो । महराले शपथ नलिने […]

रेशम भेट्न जेलमा नेताहरूको लर्को, माग पूरा नभए शपथै नलिनेसम्मको चेतावनी

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता नलिए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिने चेतावनी दिएको छ । सरकार गठनका लागि सहयोग माग्दै सत्ता गठबन्धनका नेताहरू रेशमलाई भेट्न जेलमै धाइरहेका बेला सो पार्टीले मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाएको हो । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया २ बाट  रेशमका बुवा लालवीर चौधरी स्व