ओलीले भने, 'शेरबहादुरजीले राजीनामा दिनुपर्दैन, जनताले गराइसक्यो,' जो पायो त्यहीसँग शपथ नलिने चेतावनी :: Pahilopost.com

काठमाडौँ : प्रतिनिधिसभा र प्रदेश सभा चुनावको परिणामले सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गरिरहन जरुरी नभएको बताएका छन्। आफ्नै निवासमा रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा बोल्दै ओलीले भने, 'सरकार तत्काल अर्को गठन गर्नुपर्‍यो, उहाँले राजीनामा के गर्नुपर्‍यो, जनताले राजीनामा गराइसक्यो।'   राष्ट्रिय

सम्बन्धित सामग्री

विश्वकप छनोटअघि चेतावनी

पछिल्ला ९ महिनामा नेपालले जे जस्तो सफलता पायो, त्यो सबै प्रमुख रूपमा ब्याटिङकै कारण थियो । विश्वकप लिग २ का पछिल्ला १२ खेलमा ११ खेल जितेर विश्वकप छनोटमा सिधै प्रवेश गर्दा होस् या एसीसी प्रिमियर कप जितेर एसिया कपमा पुग्दा होस् ब्याटिङ नै नेपालको शक्ति बनेको थियो ।

बढी क्षमताका ग्यास सिलिन्डरमा नीतिगत प्रतिगमन

वीरगञ्ज। वीरगञ्जको मनोज ग्यास उद्योगले ५ वर्षअघि नेपाल गुणस्तर तथा नापतौल विभागबाट ४५० किलोग्राम एलपी ग्यास भर्ने सिलिन्डर ल्याउन अनुमति पायो । गुणस्तर विभागले सिलिन्डरको मापदण्ड र सुरक्षालगायत पक्षको जाँच गरी स्वीकृति दिएपछि उद्योगले ग्यास भर्न नेपाल आयल निगममा अनुमति माग्यो ।  निगमका अधिकारीले ‘सहमति’ दिएपछि उद्योगले त्यस्ता सिलिन्डरमा ग्यास भरेर उद्योगहरूमा आपूर्ति गर्न थाल्यो । स्थानीयदेखि बहुराष्ट्रिय कम्पनीहरूले यस्तो सिलिन्डर उपयोगमा ल्याए । यस्ता सिलिन्डरमा औद्योगिक प्रयोजनको ग्यास आपूर्ति हुन थाल्यो । उत्पादन प्रक्रियामा ताप आवश्यक पर्ने उद्योगका लागि यस्ता ठूला सिलिन्डर उपयोगी हुन थालेसँगै अन्य केही ग्यास उद्योगले पनि यसमा लगानी बढाए । ‘प्रचलनमा रहेका १४ दशमलव २ किलोका सिलिन्डरको विकल्पका रूपमा प्रयोग भएका यस्ता सिलिन्डरबाट उद्योगलाई समय र लागत बचत हुन थालेपछि उद्योगहरूमा माग बढ्दै गएको थियो,’ मनोज ग्यासका सञ्चालक मनोज दासले भने ।  अहिले आएर नेपाल आयल निगमले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिन्डरको स्वीकृति दिन नसकिने भन्दै सूचना निकालेपछि उद्योगीहरू अन्योलमा परेका छन् । ‘५ वर्षसम्म आजभोलि भन्दै झुलाए । उनीहरूले अनुमति पाइहाल्नुहुन्छ काम अघि बढाउनुहोस् भनेर आश्वासन दिएपछि लगानी गरियो । अहिले आएर कारबाही गर्छौं भन्छन्,’ सञ्चालक दासले भने । ४५० किलो क्षमताका सिलिन्डरका लागि मात्रै उद्योगमा ३ करोड रुपैयाँ अतिरिक्त लगानी थप्नुपरेको उनले गुनासो गरे । १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास दिए कारबाही गर्ने आयल निगमको चेतावनी मनोज ग्यासको देखासिकीमा अन्य उद्योगले पनि विगत २ वर्षयता त्यस्ता सिलिन्डरमा ग्यास आपूर्ति गरेका थिए । आयल निगमको ग्यास विनियमावलीमा १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भर्ने अनुमति दिने व्यवस्था नभएको भन्दै त्यस्तो अनुमति दिन नसकिने सूचनामार्फत बताएको छ । ५० र ४५० किलो क्षमताका सिलिन्डरमा गैरकानूनी तरीकाले ग्यास भरेर विक्री गरिएको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।  मनोज ग्यासले वितरण गर्दै आएको ४५० किलो क्षमताको सिलिन्डरको प्रयोगमा रोक लागेपछि त्यस्ता सिलिन्डरका लागि पूर्वाधार बनाएको बहुराष्ट्रिय कम्पनी ब्रिटानिया, हेटौंडाको पोषक ब्रिडर्स फार्म, एन्टार्टिक बिस्कुट, केबी साम आल्मुनियमलगायत उद्योगको उत्पादन प्रभावित भएको छ । ती उद्योगमध्ये कतिले उद्योग चलाउने अवधि घटाएका छन् । केहीको उत्पादन नै रोकिएको छ । पोषक ब्रिडर्सका सञ्चालक सुरेश रूंगटाले ४५० किलोको सिलिन्डरमा रोक लगाएपछि उत्पादन झन्झटिलो र खर्चिलो भएको बताए । ४५० किलोको सिलिन्डर प्रयोग गर्दा एउटा सिलिन्डरबाट २/३ दिन पुग्ने गरेकोमा १४ किलोका लागि सिलिन्डर फेर्नकै लागि एकजना कामदार खटाउनु परेको उनले बताए । सानो क्षमताको सिलिन्डरमा प्रतिसिलिन्डर १ किलो ग्यास खेर जाने उद्योगी बताउँछन् ।  ठूला सिलिन्डरमा ग्यास विक्री गर्न नपाए सोको लागि ग्यास उद्योगले गरेको करोडौं लगानी खेर जाने विनियमावलीले तोकेको व्यवस्थाबाहेक क्षमताका सिलिन्डरको प्रयोग गैरकानूनी हुने निगमको भनाइ छ । निगम स्रोतका अनुसार निगमले विनियम संशोधन गर्ने तयारी गरे पनि निगमका अध्यक्षसमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि यो विषय अन्योलमा परेको छ ।  वाणिज्यको अनुगमन  निगमको सूचनालगत्तै वीरगञ्जको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मनोज ग्यासमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योग सञ्चालकले ४५० किलो क्षमताका ४४ ओटा सिलिन्डरमा ग्यास भरेको भेटिएको उक्त कार्यालयका अधिकारीले बताएका छन् ।  अनुगमन गर्दा ग्यास उद्योगमा एउटा सिलिन्डरमात्र भेटिएको र अन्य सिलिन्डिर ग्यास भरेर उद्योगहरूमा आपूर्ति गरिएको भेटेपछि त्यस्ता सिलिन्डर तत्काल फिर्ता ल्याउन वाणिज्य कार्यालय प्रमुख सुरेश रेग्मीले उद्योगलाई पत्राचार गरेका थिए । तीमध्ये २१ ओटा सिलिन्डर फिर्ता आइसकेको विवरण उद्योगले उपलब्ध गराएको पनि वाणिज्य कार्यालयले बताएको छ ।

सार्वजनिक फोन चार्जरले बैंकिङ लगायतका डाटा जोखिममा पार्न सक्ने एफबीआईको चेतावनी

हामी मध्ये धेरैलाई फोनको ब्याट्रीको प्रतिशत घटेपछि फोन अफ होला कि भन्ने डरले हामी जहाँ पायो त्यही चार्ज गर्न हतारिन्छौं । तर होटेल, एयरपोर्ट वा क्याफेको सार्वजनिक चार्जिङ स्टेशनमा आफ्नो फोन प्लग गर्न हतार गर्नु जोखिमपूर्ण हुनसक्ने एफबीआईले चेतावनी दिएको छ । स्क्यामरहरुले तपाईको उपकरणमा मालवेयर र निगरानी सफ्टवेयर छिराउन सार्वजनिक युएसबी पोर्टहरू प्रयोग गर्ने […]

कांग्रेसले सबै गुमायो, एमालेले सबै पायो, आज प्रधानमन्त्री प्रचण्डको शपथग्रहण

सत्ता गठबन्धन तोडेर एमालेसंग मिल्नुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इच्छा पूरा गर्नुभएको छ । सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख तथा मुख्यमन्त्रीहरु सबै गुमाउन पुगेको छ । अध्यक्ष प्रचण्डले आफूलाई पहिला सरकारको नेतृत्व नदिए गठबन्धन छाड्ने चेतावनी दिदै आउनुभएको थियो । तर, नेपाली कांग्रेसले अध्यक्ष प्रचण्डको …

संकटमा परेको हो त विश्वव्यापीकरण ?

कोरोना भाइरसको महामारी र रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण अहिले विश्वव्यापीकरणले यस अघि कहिले सामना नगरेको अवरोध भोगिरहेको छ । विश्वको आपूर्ति शृङ्खलामा अवरोध देखिएको छ । चिपको अभावका कारण मोबाइलदेखि अटो निर्माता कम्पनीहरूसम्म प्रभावित भएका छन् । युक्रेनमाथि रूसको आक्रमणले आपूर्ति शृङ्खला नराम्ररी बिगारेको छ । इन्धनदेखि अटो पार्ट्ससम्मको आपूर्तिमा समस्या देखिएको छ । युक्रेनमाथि रूसले गरेको आक्रमणले विश्वव्यापीकरणको अन्त्य गरिदिएको विश्लेषण गर्न थालिएको छ । दशकौंसम्म विश्वभर वस्तु व्यापार बढ्दै जाँदा आर्थिक रूपमा सम्पन्न देशहरूले विश्वभरबाट सस्तो मूल्यमा सामानहरू किन्न पाइरहेका थिए । मुद्रास्फीति अति न्यून स्तरमा रहेको थियो । रूसले युक्रेनमाथि आक्रमण गरेको १ महीना बितिसकेको छ । यो १ महीनामा विश्व बजारमा कच्चा तेलको भाउमा तीव्र उतारचढाव आएको छ । कोरोना महामारीका कारण आपूर्ति शृङ्खला बिग्रिएर बढेको महँगीलाई युक्रेनमाथिको आक्रमणले झनै बढाइदिएको छ । अहिले अमेरिकादेखि बेलायतसम्म अनि जापानदेखि भारतसम्मै महँगी बढेको छ । नेपालजस्तो आयातमुखी अर्थतन्त्रमा महँगी नबढ्ने त कुरै भएन । गत हप्ता लगानी व्यवस्थापन कम्पनी ब्ल्याक रकका सीईओ ल्यारी फ्र्याङ्कले शेयरधनीहरूलाई लेखेको एक पत्रमा रूसको आक्रमणले शीत युद्धयता रहेको विश्व व्यवस्थालाई ध्वस्त पारिदिएको अनि विगत ३ दशकयता महसूस गरिएको विश्वव्यापीकरणको अन्त्य गरिदिएको बताएका छन् । बृहत् स्तरमा आपूर्ति शृङ्खलाको पुनर्विन्यासले महँगी चर्काउने चेतावनी फ्र्याङ्कले दिएका छन् । पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका अध्यक्ष एदम पोसेनले पनि विश्वको अर्थतन्त्र अहिले दुईओटा ब्लक एउटा चीनको आसपास अनि अर्को अमेरिकाका आसपास घुमेको बताएका छन् । रूसले युक्रेनमा आक्रमण गरेपछि यो झनै बढेको उनको भनाइ छ । तीस वर्षअगाडि शीत युद्ध समाप्त भएपछि विश्वव्यापीकरण फष्टाउन थालेको थियो । सोभियत संघ धराशयी भयो । चीनले विस्तारै विश्वसँग व्यापार शुरू गर्‍यो अनि २००१ मा विश्व व्यापार संगठनमै आबद्ध भयो । रूस पनि सन् २०१२ मा संगठनमा आयो । फ्राँस्वा फुकुयामाले भविष्य अमेरिका र यूरोपजस्ता स्वतन्त्र बजार अर्थतन्त्रको पोल्टामा जाने भन्दै इतिहास अन्त्य भएको घोषणा गरेका थिए । तर, चीनको सस्तो श्रम बजारबाट फाइदा लिन बहुराष्ट्रि«य कम्पनीहरूले चीनमा कारखाना खोले, व्यापार विस्तार गर्न थाले । कम्पनीहरूको मुनाफा बढ्न थाल्यो । चीनको सस्तो उत्पादनले विस्तारै विश्वभर ठाउँ पायो । अमेरिकामा चीनबाट खेलौना, लत्ताकपडा र विद्युतीय सामग्री आदि आयातको बाढी नै आयो । अहिले चीन विश्वको आपूर्ति शृङ्खलाको अपरिहार्य पक्ष भएको छ । त्यस्तैगरी, विश्वको इन्धन बजारमा रूस अपरिहार्य बनेको छ । तर, बेलामा बेलामा उत्पन्न भइरहेका प्राकृतिक विपद्, महामारी र भूराजनीतिक तनावले विश्वको आपूर्ति शृङ्खलामा धक्का पुर्‍याइरहेका छन् । सन् २०११ मा जापानमा महाविनाशकारी भूकम्प र सुनामी आउँदा अटो पार्ट्स कारखानामा क्षति पुग्दा कयौं दिन अमेरिकामा कारखानाहरू बन्द भएका थिए । अमेरिका र चीनबीचको व्यापार युद्धमा पनि अमेरिकी कम्पनी र अमेरिकी नागरिकहरू नै मारमा परे । चीनमा कोरोना भाइरसको महामारी शुरू भएपछि कारखाना र बन्दरगाहहरू बन्द भएर विश्वभर आपूर्ति प्रभावित भयो, ढुवानीमा ढिलाइ भयो आपूर्तिको मूल्य बढ्यो । इन्धनमा रूसमाथिको निर्भरता अहिले यूरोपलाई निल्नु न ओकल्नु भएको छ । रूसले आक्रमण गरेपछि अमेरिका, बेलायत र यूरोपेली देशलगायत सबै मुख्य अर्थतन्त्रहरूले रूसमाथि प्रतिबन्ध लगाए पनि चीनले सन्तुलन कायम गरिरहेको छ । आक्रमणको प्रतिकारले रूसको वित्तीय प्रणाली धराशयी होला । तर, यसको अन्य प्रभाव विश्वभर पोखिनेछ । नवप्रवर्तन खस्किनेछ । सस्तो खालको श्रम र कच्चा पदार्थमा पहुँच बन्द हुनेछ । महँगी झनै बढ्नेछ । अहिले नै अमेरिका र बेलायती उपभोक्ताहरूले ४० वर्ष यताकै उच्च महँगी खेपिरहेका छन् । अमेरिकाले अहिलेको भन्दा धेरै तेल उत्पादन गर्ला, बढी कार बनाउला, माइक्रोचिप्स उत्पादन गर्ला, झन् धेरै स्टिल बनाउला । तर, यी सबै काम गर्न अमेरिकासँग जनशक्ति छैन । अमेरिकामा अहिले नै श्रमिक अभाव छ । कारखाना सारे पनि श्रमिक अभावले गर्दा त्यहाँको कारखानामा काम गर्ने अनि सामान बनाउने मान्छे नै नहुने अवस्था आउन सक्ने अनुसन्धान संस्था एफडब्ल्यूडीबन्ड्जका क्रिस्टोफर रूप्के बताउँछन् । कम्पनीहरूले सस्तो, सहज र हरित स्रोतमा भर पर्ने भन्दा पनि सुरक्षित र सुनिश्चित आपूर्ति खोज्न थाल्नेछन् । ३० वर्षयता फस्टाएको विश्वव्यापीकरण टुक्रिन पनि अर्को ३० वर्ष लाग्छ भन्ने प्रक्षेपण आएका छन् । तर, यसको मूल्य हामीले महँगीको स्वरूपमा चुकाउनु पर्नेछ । पहिलो विश्व युद्धले विश्वव्यापीकरण पहिलो युग अन्त्य गरेर अर्को युग शुरू गरिदिएको थियो । तर, सो युगको पुनर्निर्माणका लागि कयौं पुस्ता लाग्यो । रूसले युक्रेनमाथि गरेको आक्रमण पहिलो विश्वयुद्धको भन्दा निकै सानो छ । अमेरिका तथा यूरोपेली देशहरूले रूसमाथि लगाएको प्रतिबन्धको आकार पनि त्यति बेलाको प्रतिबन्ध भन्दा निकै सानो छ । तर, यो घटनाक्रम विश्व आर्थिक एकीकरणबाट विस्तारै संरक्षणवाद र क्षेत्रीयकरणमा गइरहेको समयमा आएको हो । त्यसैले यसको धक्का बढी महसूस भएको हो । अहिले विश्वको उत्पादन एकअर्काको देशमा उत्पादित सामानमा निर्भर नभई नहुने अवस्थामा छ । एउटै चिप वा मोबाइल फोन बनाउने आवश्यक सामान कयौं देशबाट आपूर्ति गर्नुपर्ने अवस्था छ । रूसमाथिको इन्धनको निर्भरताका कारण भारतले पश्चिमी प्रतिबन्ध छल्न रूबलमा रूससँग इन्धनको व्यापार गर्दै छ । जापानले आर्थिक प्रतिबन्धहरू लगाएको भए पनि रूससँगको सहकार्यमा चलाइरहेको ऊर्जा परियोजनाबाट नबाहिरिने भएको छ । पछिल्लो समय प्रविधिको विकास यस्तो प्रकारले भएको छ, व्यापार यसरी विकास भएको छ कि विश्व व्यापार यो भन्दा पनि चौपट नै भयो भने पनि विश्वव्यापीकरण उल्टिँदै जाने सम्भावना छैन । अहिलेको अवस्थाबाट थप विकास नहोला । तर, विस्तारै अवस्था साम्य हुँदै जाँदा विश्वव्यापीकरण पुनः नयाँ स्वरूपमा फस्टाउनेछ ।

पोर्न स्टार सनी लियोन पुनः विवादमा ‘करनजीत कौर’ रिलिज नगर्न चेतावनी

नयाँदिल्ली । भारतको मायानगरी मुम्बई धेरैका लागि अनौठो लाग्छ । किनभने मुम्बई भारतीयहरूका लागि भाग्य परीक्षण स्थल हो । मुम्बईमा एक पटक सफलता पायो भने जिन्दगीमा खुसियाली नै खुसियाली । सफलता ...