नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता नलिए प्रदेश र प्रतिनिधिसभा दुवैतर्फका सांसदहरूले शपथ नलिने चेतावनी दिएको छ । सरकार गठनका लागि सहयोग माग्दै सत्ता गठबन्धनका नेताहरू रेशमलाई भेट्न जेलमै धाइरहेका बेला सो पार्टीले मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाएको हो । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट रन्जिता श्रेष्ठ, कैलाली २ बाट अरुणकुमार चौधरी र कैलाली ३ बाट गंगाराम चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यस्तै बर्दिया २ बाट रेशमका बुवा लालवीर चौधरी स्व