१८ चैत, काठमाडौं । सिद्धार्थ राजमार्गमा सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको साढे दुई महिनामा ४५ मिटर खनिएको छ । आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग खन्ने कामको प्रगति साउथ पोर्टलबाट ४४.९ मिटर सम्पन्न भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघबाट औपचारिक सुरु भएको थियो । पछिल्लो अपडेट अनुसार […]
१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय मिटर लामो सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा ठेक्का पाएर काम सुरु गरिरहेको छ । […]
पाल्पा : अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ। पाल्पा बुटवल सडकखण्डको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मका विभिन्न ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।उनकाअनुसार राजमार्ग सोमबार रातिदेखि अवरुद्ध भएको हो। दर्जनौं ठाउँमा पहिरो खसेको छ। अहिले पनि वर्षा भइरहेकाले पहिरो पन्छाउन कठिन भएको छ। राजमार्ग कतिबेला खुल्ने हो, अन्योल रहेको उनले बताए। स्काभेटर र जेसिवी तयारी अवस्थामा रहे
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्र पहिरोको जोखिम अत्यधिक रहेको क्षेत्र हो । वर्षा याममा यहाँ बारम्बार पहिरो खस्ने गर्दछ ।यो मार्ग प्रयोगकर्ता वर्षाको समयमा पहिरोको त्रासका बीच यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । पहिरो खसेर कतिबेला सडक अवरुद्ध हुने हो भन्ने त्रासका बिच गाडी चलाउनु पर्ने अवस्था रहेको तानसेन–बुटवल रुटमा सञ्चालित लु ३ ख ३६४२ नम्बरको सवारी साधनका चालक यम बहादुर रोकाले बताए । वर्षा लागेपछि सिद्धबाबा क्षेत्र आउनासाथ निकै डर लाग्ने गरेको
काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलदेखि पाल्पा जाने सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । सुरुङमार्ग निर्माणका लागि गत साता चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ’सँग ठेक्का सम्झौता गरिएको हो । ठेक्का सम्झौता भएसँगै चिनियाँ कम्पनीलाई वातावरणीय अध्ययन र सुरुङको विस्तृत डिजाइनका लागि ९ महिनाको समय दिइएको छ । ठेक्का सम्झौता […]
काठमाडौं । बुटवल–पाल्पा सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बन्ने भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सो सडक खण्डमा लामो समय देखि सुरुङ मार्ग खन्ने गृहकार्य भइरहेपनि काम अघि बढ्न नसकिरहेको अवस्थामा बल्ल योजनाले सार्थकता पाउने भएको हो । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ । मन्त्रालयको यो टेन्डर खुलेसँगै मृत्यु मार्गले समेत परिचित बन्न पुगेको बुटवल–पाल्पा, सिद्धार्थ राजमार्गको सिद्धबाबा
पाल्पा – सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पाको बाटो चौडा गर्दा पाल्पाका ७ सय बढी घर भत्किने भएका छन् । सिद्धार्थ राजमार्ग चार लेनमा विस्तार गर्दा सडक क्षेत्र अतिक्रमण भइ बनेका घरटहरा भत्किने भएका हुन् ।
राजमार्गको दायाँबायाँ २५ मिटरभित्र बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किँदा ४ सय बढी पक्की घर पनि पर्ने छन् । पाल्पाको विकासमा बाधक बनेको सिद्धबाबा क्षेत्रको बाटो बनाउनुको साटो जनतालाई उठिबास लगाउन थालेको भन्दै स्थानीयले विरोध गरेका छन् । घर भत्किने निश्चित भएपछि घरधनीहरुले पहिले सिद्धबाबा क्षेत्रको बाटो ब...