सिद्धबाबा सडक खण्ड : यात्रुलाई सधैँ त्रास

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको  सिद्धबाबा क्षेत्र पहिरोको जोखिम अत्यधिक रहेको क्षेत्र हो । वर्षा याममा यहाँ बारम्बार पहिरो खस्ने गर्दछ ।यो मार्ग प्रयोगकर्ता वर्षाको समयमा पहिरोको त्रासका बीच यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । पहिरो खसेर कतिबेला सडक अवरुद्ध हुने हो भन्ने त्रासका बिच गाडी चलाउनु पर्ने अवस्था रहेको तानसेन–बुटवल रुटमा सञ्चालित लु ३ ख ३६४२ नम्बरको सवारी साधनका चालक यम बहादुर रोकाले बताए । वर्षा लागेपछि सिद्धबाबा क्षेत्र आउनासाथ निकै डर लाग्ने गरेको