काठमाण्डाै – सरकारले पालिका तह चुनाव २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ ।
वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको पालिका चुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । आज सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो । बैठकमा गृहमन्त्री खाँणले चुनावको महत्वल...