दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचनमा तीन हजार पाँच सय नेपाल प्रहरी, एक हजार नौ सय म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको बताए ।उनले यहाँका २० मतदानस्थल अतिसंवेदनशील, एक सय २२ सम्वेदनशील र ११ सामान्य रुपमा वर्गीकरण गरी सोही अनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको बताए । निर्वाचन सुरक्षा समन्वय समिति दाङका सं