इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार आजदेखि

काठमाडौं, ४ भदौ। इन्फिनिटी लघुवित्त बित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेसँगै एकिकृत कारोबार आजदेखि हुने भएको छ । यी दुई कम्पनीले आ–आफ्नो विशेष सभाबाट प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले प्राप्ति गर्ने साउन १५ गने स्वीकृती दिएसँगै एकिकृत कारोबार सुरु हुने भएको हो । कम्पनीको सभाले नेपाल एग्रो लघुवित्तको […]

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार सुरू

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको छ ।कार्यक्रममा दुवै वित्तीय संस्थाको तर्फबाट सञ्चालक, संयुक्त मर्जर समितिका सदस्यहरुले शुभकामना व्यक्त गरे । एकीकृत कारोबार पश्चात संस्थाको पुँजी ३२ करोड ४६ लाख रुपैयाँ, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार पुगेको […]

नेपाल एग्रोलाई प्राप्ति गरी इन्फिनिटी लघुवित्तको एकीकृत कारोबार सुरु

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारसम्बन्धी औपचारिक कार्यक्रम नवलपुरको गैँडाकोटमा भएको हो ।  इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त...

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार भदौ ४ गतेदेखि शुरु

भदौ ३, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार भोलि (भदौ ४) बाट शुरु हुने भएको छ ।  दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २२ गते र नेपाल राष्ट्र बैंकले साउन १५ गते स्वीकृति दिएसँगै एकीकृत काराबोर गर्न लागेका हुन् ।  इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुन लागेको हो । दुवै कम्पनीको असार २१ गते अलग अलग साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका हुन् ।  अब नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनीटी लघुवित्तको ९८ कित्ता शेयर हुनेछ ।

भदौ ४ गतदेखि एकीकृत कारोबार गर्दै इन्फिनिटी र नेपाल एग्रो लघुवित्त

साउन २४, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी भदौ ४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । यी दुवै कम्पनीकले असार २१ गते सम्पन्न अलग अलग साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।  नेपाल राष्ट्र बैंकले साउन १५ गते प्राप्तका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै दुई कम्पनी एक भएर कारोबार शुरु गर्न लागेका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि साउन २२ गते प्राप्तिका लागि अन्तिम स्वीकृति प्राप्त भएको जानकारी कम्पनीले गराएका छन् ।  एकीकृत कारोबारको लागि दुवै संस्थाको तथ्यांककलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनका लागि भदौ ३ गते (एक दिन) नेपाल एग्रो लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने जानकारी कम्पनीले दिएको छ । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो । यी दुवै दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । दुई कम्पनी एक भएपछि इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति पनि दुवै कम्पनीबिच भएको छ ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा भएको छ ।विशेष सभाको विशेष प्रस्तावहरुमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त नेपाल एग्रोको चल÷अचल सम्पत्ति र दायित्व मूल्यांकन प्रतिवेदन प्राप्ति पछिका व्यावसायिक अवसरहरु, सम्पत्ति एवं दायित्वको बजार […]

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । नेपाल एग्रोले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मार्फत विज्ञप्ति जारी गर्दै

प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्दै इन्फिनिटी र नेपाल एग्रो लघुवित्त

असार २, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव आगामी असार २१ गते पारित हुने भएको छ ।  इन्फिनिटी लघुवित्तले विशेष साधारण सभा र नेपाल एग्रो लघुवित्तले पाचौं वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन् । इन्फिनिटी लघुवित्तले कम्पनीको केन्द्रीय कार्यायल गैडाकोटमा विहान ९ बजे सभा बोलाएको हो भने नेपाल एग्रो लघुवित्तले सिटिस्क्वेयर प्रालि, न्यूरोड, पोखरामा विहान ९ बजे सभा बोलाएको हो ।  नेपाल एग्रो लघुवित्तले प्राप्ति प्रस्तावसहित गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांशसमेत पारित गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. ५ करोड ७२ लाख ४४ हजार को आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. ४ लाख २१ हजार ८०१ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ बराबर शून्य दशमलव ९८ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गर्न लागेको हो । दुबै कम्पनीको सभाबाट प्राप्ति सम्बन्धि सम्झौता लगायत सञ्चालक समितिबाट भएका निर्णयहरुलाई अनुमोदन गर्दै थप कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाईनै दिने निर्णयसमेत गर्नेछ । यी दुई कम्पनी एक भएपछि चुक्तापूँजी रू. ३२ करोड ५९ लाख ८ हजार कायम हुनेछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने सहमति पनि दुबै कम्पनी बीच भएको छ ।  दुबै कम्पनीले सभा प्रयोजनका लागि असार ८ गतेदेखि बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा असार ७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने

नेपाल राष्ट्र बैंकले इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त संस्थालाई प्राप्ति गर्न सैद्धान्तिक सहमति दिएको छ ।पोखरामा केन्द्री कार्यालय रहेको नेपाल एग्रो लघुवित्तलाई प्रँप्ति गर्न इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले राष्ट्रबैंकसमक्ष सहमति मागेको थियो । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ५१ हजार भन्दाबढी सदस्यलाई सेवा पु¥याएको जनाएको छ । […]