ज्योतिषशास्त्र : पूर्णिमा र समुद्रमा आउने छालको सम्बन्ध के छ ?

हिन्दु पञ्चाङ्ग अनुसार एक वर्षमा १२ वटा पूर्णिमा मनाउने गरिन्छ । ती सबै पूर्णिमाको फरक फरक महत्व रहेका हुन्छन् । तिथि, बार, नक्षत्र, योग र करणको संयोजनमा बनेको ज्योतिष शास्त्रले वैज्ञानिक विषयलाई समेत महत्व दिएर आफ्नो सिद्धान्त तयार पारेको हुन्छ । यही पाँच अंगको संयोजनबाट बनेको ज्योतिषले हरेक महिना एउटा पूर्णिमा र एउटा अमावस्याको अवधारणा […]

सम्बन्धित सामग्री

चन्द्रमाको आकारसँग रजश्वलाको के सम्बन्ध ? अध्ययन यसो भन्छ

काठमाडौं । पूर्णिमा तथा औँसीको रातका विषयमा विभिन्न परम्परागत मान्यता, जनविश्वास तथा रुढीवादी सोँच समेत छन् । तर पूर्णिमा वा औँसी भनेको चन्द्रमाको आकारसँग सम्बन्धित छ, जुन हरेक १५ दिनमा परिवर्तन भईरहेको हुन्छ । चन्द्रमाको २९ दिनको चक्र हुन्छ, नयाँ चन्द्रदेखि पूर्ण चन्द्र सम्मको । यसरी दिन गणनाका हिसाबले यो २९ दिने चन्द्र महिना महिलामा […]

“ह‍ोली मिलन समारोह” कार्यक्रम भव्यताका साथ सम्पन्न

बारा । हिन्दुहरुको पावन पर्व होली (फागु पूर्णिमा) को उपलक्षयमा शुक्रबार जनमत पार्टी बारा सिम्रौनगढ नगरपालिका कमिटीले एक समारोहका बीच “ह‍ोली मिलन समारोह” कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । होली मिलन समारोहमा आपसी भाइचारा, सुमधुर सम्बन्ध विस्तार, पुराना बिचार र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्यले तथा […]

मोदीको भ्रमणले बुद्ध सर्किटको पुनः परिकल्पना साकार होला

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी व्यवहारवादी नेताका रुपमा विश्वभर परिचित भइरहेका छन् । उनले जुन देशसँग जुन कूटनीतिक शैली अपनाउनुपर्छ त्यही अपनाएका छन् । छिमेकसँग मोदीले इतिहास, धर्म र संस्कृतिलाई सम्बन्ध सुदृढीकरणको माध्यम बनाएका छन् । मोदीले २ वैशाखमा बुद्ध पूर्णिमा पारेर नेपाल भ्रमण गर्ने तय भएको छ । यो दिन बुद्धि जन्मिएको, ज्ञान प्राप्त गरेको […]

पर्यटन प्रवर्द्धनमा स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करीब २६ किलोमीटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी क्षेत्रको भौतिक वातावरणको दृष्टिले हेर्दा असीम सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रको अविच्छिन्न पवित्रतालाई कायम राख्दै भौतिक वातावरण र आध्यात्मिक शान्तिलाई जनमानसमा फैलाउन सक्ने ठूलो सम्भावना छ । स्वर्गद्वारी क्षेत्रको जंगल यस्तो खालको छ, जसमा जैविक विविधताले भरिपूर्ण छ । यस जंगलमा देवदारु, गुराँस, बाँस, बाँझ, साज, साल, जामुनो, काफल, पाखरी, कमल, केसर, त्रिपत्री करबीरजस्ता पुष्पका बोट र अनेक प्रकारका लताकुञ्जद्वारा स्वर्गद्वारीको पुण्य जंगल सधैं भरिभराउ रहेको पाइन्छ । जंगलमा कृष्णसागर मृग, हरिण, सिंह, बाघ, चित्तल, भालु, दुम्सी, कयौं चराचुरुङ्गी र स्वर्गद्वारी आश्रममा हजारौं गाईहरू पाइन्छ । यी यहाँका वैभव हुन् । समतल टाकुराबाट हिमशिखरहरू र रमणीय दृश्य अवलोकन गर्ने स्वर्गद्वारीमा पुग्दा साँच्चै स्वर्गको अनुभूति गर्न सकिन्छ । आश्रमभित्र गणेश पञ्चांग, शिव पञ्चांग, देवीपञ्चांग, सूर्यपञ्चांग, विष्णुपञ्चांग गरी ५ कुण्डहरूमा वैदिकविधिपूर्वक दैनिक तीनपटक पूजा गरिन्छ भने आश्रमदेखि माथि पट्टिको डाडामा सिद्धबाबाको मन्दिर रहेको छ र त्यसमा महीनाको पहिलो आइतवार पूजा गर्ने प्रचलन रहेको पाइन्छ । स्वर्गद्वारी क्षेत्रमा मुख्य मेला वैशाख पूर्णिमा, ज्येष्ठ, भदौ, कात्तिक र माघे सक्रान्तिमा लाग्ने गर्छ र यहाँका मुख्य तीर्थयात्रीहरू भारतका उत्तर प्रदेश र विहारक्षेत्रका रहेका छन् भने नेपालका आन्तरिक तीर्थयात्रीहरू रहेका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङदेखि प्यूठान जिल्लाको भिंग्रीदेखि स्वर्गद्वारीसम्म नै सडकको राम्रो व्यवस्था रहेको छ । ऋाआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता हो । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्न सकिन्छ । तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक, सामाजिक विकास गरी गरीबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना स्पष्ट देखिन्छ । अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । यसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझा फूलबारी हो । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि उक्त स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण स्वर्गद्वारी क्षेत्र आन्तरिक एवं बा⋲य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु आवश्यक छ । यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ । स्वर्गद्वारी क्षेत्रमा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आएको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस स्वर्गद्वारी क्षेत्रभित्र देखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

यःमरीको दार्शनिक पक्ष र धान्यपूर्णिमा

नेपालका आदिवासी नेवारहरूले मनाउँदै आइरहेको विभिन्न चाडपर्वमध्ये एउटा रमाइलो चाड हो यःमरी पूर्णिमा । यःमरी पूर्णिमा अत्यन्तै महत्वपूर्ण विशेषताले भरिएको चाड हो । हेर्दा साधारण देखिने यो यःमरी खाने चाड नेवार संस्कार संस्कृतिसँग सम्बन्ध भएको र यसमा विभिन्न दर्शन पनि लुकिरहेको यो यःमरी चाड मंसिर शुक्लपक्ष पूर्णिमाका दिन मनाउने गरिन्छ । कृषि प्रधान देशका नेवार […] The post यःमरीको दार्शनिक पक्ष र धान्यपूर्णिमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेवारी समाजमा मनाइयो प्रेम दिवस

फेबु्रअरी १४ लाई प्रेम दिवस (भ्यालेन्टाइन डे) भनेर विश्वभर मनाइन्छ । धेरै नेपाली युवा पनि ‘भ्यालेन्टाइन डे’ मनाउँछन् तर हामै्र सस्कृतिमा रहेको प्रेम दिवसबारे कतिपयलाई थाहा नहुन सक्छ । नेवार समुदायमा यःमरी पुन्ही (पूर्णिमा)को भोलिपल्टको दिनलाई ‘मतिना पारु’ अर्थात् माया गर्ने दिनको रूपमा लिने गरिन्छ । अहिले सामाजिक सञ्जालबाट यसबारे थाहा पाउनेको सङ्ख्या बढ्दै छ । चौधौँ शताब्दीको रोम राज्यबाट भ्यालेन्टाइन डे थालनी भएको हो । नेवारी समुदायमा युगौँदेखि मनाइने मतिना पारु पनि यस्तै प्रेमको कथामा आधारित छ । इतिहासविद् गणेशराम लाछीले भन्नुभयो, “भ्यालेन्टाइन डे जस्तै नेवार समुदायमा ‘मतिना पारु’ मनाइन्छ । मतिना पारु भनेको प्रेम गर्ने दिन हो । पुन्ही भन्नाले नेपालभाषामा पूर्णिमा भनेझैँ, त्यसको भोलिपल्ट पारु भन्नाले प्रतिपदा बुझिन्छ । ‘मतिना’ भनेको माया हो। यःमरी पुन्हीसँग सम्बन्धित थुप्रै सस्कार र सस्कृति छन् । खानाको लोकप्रिय परिकार यःमरीको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्यसँग सम्बन्ध राख्छ । यसको अर्को पक्ष भनेको माया पनि रहेको लाछीले बताउनुभयोध्र