फेबु्रअरी १४ लाई प्रेम दिवस (भ्यालेन्टाइन डे) भनेर विश्वभर मनाइन्छ । धेरै नेपाली युवा पनि ‘भ्यालेन्टाइन डे’ मनाउँछन् तर हामै्र सस्कृतिमा रहेको प्रेम दिवसबारे कतिपयलाई थाहा नहुन सक्छ ।
नेवार समुदायमा यःमरी पुन्ही (पूर्णिमा)को भोलिपल्टको दिनलाई ‘मतिना पारु’ अर्थात् माया गर्ने दिनको रूपमा लिने गरिन्छ । अहिले सामाजिक सञ्जालबाट यसबारे थाहा पाउनेको सङ्ख्या बढ्दै छ । चौधौँ शताब्दीको रोम राज्यबाट भ्यालेन्टाइन डे थालनी भएको हो । नेवारी समुदायमा युगौँदेखि मनाइने मतिना पारु पनि यस्तै प्रेमको कथामा आधारित छ । इतिहासविद् गणेशराम लाछीले भन्नुभयो, “भ्यालेन्टाइन डे जस्तै नेवार समुदायमा ‘मतिना पारु’ मनाइन्छ । मतिना पारु भनेको प्रेम गर्ने दिन हो । पुन्ही भन्नाले नेपालभाषामा पूर्णिमा भनेझैँ, त्यसको भोलिपल्ट पारु भन्नाले प्रतिपदा बुझिन्छ । ‘मतिना’ भनेको माया हो।
यःमरी पुन्हीसँग सम्बन्धित थुप्रै सस्कार र सस्कृति छन् । खानाको लोकप्रिय परिकार यःमरीको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्यसँग सम्बन्ध राख्छ । यसको अर्को पक्ष भनेको माया पनि रहेको लाछीले बताउनुभयोध्र