पर्यटन प्रवर्द्धनमा स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करीब २६ किलोमीटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी क्षेत्रको भौतिक वातावरणको दृष्टिले हेर्दा असीम सम्भावना बोकेको क्षेत्र हो । यो क्षेत्रको अविच्छिन्न पवित्रतालाई कायम राख्दै भौतिक वातावरण र आध्यात्मिक शान्तिलाई जनमानसमा फैलाउन सक्ने ठूलो सम्भावना छ । स्वर्गद्वारी क्षेत्रको जंगल यस्तो खालको छ, जसमा जैविक विविधताले भरिपूर्ण छ । यस जंगलमा देवदारु, गुराँस, बाँस, बाँझ, साज, साल, जामुनो, काफल, पाखरी, कमल, केसर, त्रिपत्री करबीरजस्ता पुष्पका बोट र अनेक प्रकारका लताकुञ्जद्वारा स्वर्गद्वारीको पुण्य जंगल सधैं भरिभराउ रहेको पाइन्छ । जंगलमा कृष्णसागर मृग, हरिण, सिंह, बाघ, चित्तल, भालु, दुम्सी, कयौं चराचुरुङ्गी र स्वर्गद्वारी आश्रममा हजारौं गाईहरू पाइन्छ । यी यहाँका वैभव हुन् । समतल टाकुराबाट हिमशिखरहरू र रमणीय दृश्य अवलोकन गर्ने स्वर्गद्वारीमा पुग्दा साँच्चै स्वर्गको अनुभूति गर्न सकिन्छ । आश्रमभित्र गणेश पञ्चांग, शिव पञ्चांग, देवीपञ्चांग, सूर्यपञ्चांग, विष्णुपञ्चांग गरी ५ कुण्डहरूमा वैदिकविधिपूर्वक दैनिक तीनपटक पूजा गरिन्छ भने आश्रमदेखि माथि पट्टिको डाडामा सिद्धबाबाको मन्दिर रहेको छ र त्यसमा महीनाको पहिलो आइतवार पूजा गर्ने प्रचलन रहेको पाइन्छ । स्वर्गद्वारी क्षेत्रमा मुख्य मेला वैशाख पूर्णिमा, ज्येष्ठ, भदौ, कात्तिक र माघे सक्रान्तिमा लाग्ने गर्छ र यहाँका मुख्य तीर्थयात्रीहरू भारतका उत्तर प्रदेश र विहारक्षेत्रका रहेका छन् भने नेपालका आन्तरिक तीर्थयात्रीहरू रहेका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङदेखि प्यूठान जिल्लाको भिंग्रीदेखि स्वर्गद्वारीसम्म नै सडकको राम्रो व्यवस्था रहेको छ । ऋाआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ । समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता हो । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्न सकिन्छ । तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पूँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक, सामाजिक विकास गरी गरीबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना स्पष्ट देखिन्छ । अद्वितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । यसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुुदायको साझा फूलबारी हो । यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि उक्त स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट स्पष्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण स्वर्गद्वारी क्षेत्र आन्तरिक एवं बा⋲य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु आवश्यक छ । यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ । स्वर्गद्वारी क्षेत्रमा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आएको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस स्वर्गद्वारी क्षेत्रभित्र देखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

सम्बन्धित सामग्री

ऐतिहासिक पर्यटकीय सम्पदा कमल दहको प्रबद्र्धन आवश्यक

नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो । पशुपति, वसन्तपुर दरबार, भक्तपुरको दरबार क्षेत्र, गोरखकाली, मुक्तिनाथ, पाथीभरा, स्वर्गद्वारी, लुम्बिनी, कालिञ्चोक क्षेत्र आदिसमेत गरी हाम्रो देशका ७७ वटै जिल्लामा लाखौँ सम्पदा छन् । वास्तवमा नेपाल सम्पदै सम्पदाको देश हो । विश्वसम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरको […]

गति लिँदै पर्यटन व्यवसाय

हाम्रो देश प्राकृतिक दृष्टिले विश्वमा नै अतुलनीय सौन्दर्यले भरिपूर्ण भएकाले यहाँ पर्यटन व्यवसायको ज्यादा सम्भावना रहेको छ । हावापानीमा विविधता, उचाइमा विविधता, वनस्पति तथा जीवजन्तुमा विविधताजस्ता कारणले गर्दा नेपालमा पर्यटन व्यवसाय ज्यादा फस्टाउने क्षेत्र हो । यसले हाम्रो अर्थतन्त्रमा समेत महत्त्वपूर्ण टेवा दिँदै आएको छ । विश्वमा रहेका अग्ला चौधमध्ये आठओटा त नेपालमानै रहेका छन् । त्यसैगरी निकुञ्ज आरक्षणका दर्जनां क्षेत्र पनि रहेका छन् जसले पर्यटकलाई आकर्षित गरेको छ । कोरोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्वपूर्ण पनि छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नराम्ररी थलिएको यो व्यवसायले अब भने केही गति लिन थालेको सरोकारवालाहरू बताइरहेका छन् । अझै पनि हामीले पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन सकेका छैनौं । उनीहरूले चाहेअनुसारका सुविधा, सेवा र सुरक्षा दिनुका साथै अन्य नवीन गन्तव्यको खोजीमा समेत जोड दिनुपर्ने देखिन्छ । नेपालमा पर्यटक दृश्यावलोकन, पदयात्रा, मनोरञ्जन तथा साहसिक खेलका लागि आउने गर्छन् । मानव जाति स्वभावैले भ्रमणशील हुन्छ । उनीहरूले घुमफिर गर्दै अनेकौं चालचलन तथा रहनसहनसमेत अवलोकन गर्दै आएको वास्तविकता सबैका सामु छँदै छ । हाम्रा हिमनदीमा पर्यटक जलविहार गर्न औधी रुचाउँछन् । साथै बन्जिजम्पिङ, हात्तीपोलो जस्ता रोमाञ्चक खेलका लागि समेत पर्यटक नेपाल भ्रमण गर्न आउँछन् । यहाँको प्राकृतिक तथा जैविक विविधतामा आफूलाई भुलाउन पनि विदेशी पर्यटक नेपाल भ्रमणमा आउने गरेको तथ्यांकले देखाउँछ । खासगरी पदयात्राका लागि अन्नपूर्ण, धवलागिरि र खुम्बुक्षेत्र निकै चर्चित रहेका छन् । यसबाहेक काठमाडाैं उपत्यका नगरकोट धुलीखेलसहित पोखरा, चितवन, लुम्बिनी, जनकपुर, गोर्खा, पाल्पा आदि क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा पर्यटक ज्यादा रमाइरहेका हुन्छन् । नेपालमा मनाइने विविध खालका चाडपर्व जात्रा तथा महोत्सवका बारेमा विदेशी पर्यटक अध्ययन र अनुसन्धानसमेत गर्न रुचाउँछन् । हाम्रो जातीय संस्कृति वेशभूषा आदिले पनि उनीहरूको मन लोभ्याउने गरेको पाइन्छ । पर्यटन उद्योगले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा करीब ५ प्रतिशत अंश ओगटेको पाइन्छ । पर्यटन व्यवसाय वा उद्योग नेपालीहरूका लागि वैदेशिक मुद्रा आर्जनको राम्रो माध्यम पनि हो । यति मात्र नभई रोजगारीको मुख्य आधारसमेत बनेको यस क्षेत्रको महत्त्व ज्यादा रहेको छ । पर्यटकलाई घुमाउने पथ प्रदर्शक, भरिया, होटेल तथा लजका कामदार, पर्यटक बोक्ने सवारीसाधन, उनीहरूलाई आवश्यक सामान बेच्ने व्यापारीलगायत हजारौंले रोजगारी प्राप्त गर्ने क्षेत्र पर्यटन नै हो । हस्तकला, चित्रकला, मूर्तिकला, काष्ठकला आदिबाट पनि धेरैले रोजगारी पाएका छन् । पर्यटन व्यवसायबाट घरेलु उद्योगलाई पनि टेवा पुगेको छ । पर्यटकलाई आकर्षित गर्ने कञ्चनजंघादेखि सैपाल हिमालसम्मका क्षेत्रलाई हिमालयन ट्रेल भनिन्छ । यसअन्तर्गत पूर्वी नेपालमा कञ्चनजंघा सरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज पर्छन् । मध्यक्षेत्रका लाङटाङ, गोसाइकुण्ड र गौरीशंकर हिमाली क्षेत्रलाई पनि यसै ट्रेलअन्तर्गत समावेश गरिएको छ । यसैगरी पश्चिमका मनाङ, मुस्ताङ, मुगु, डोल्पाका पर्यटकीय क्षेत्रहरू यसअन्तर्गत पर्छन् । यस क्षेत्रको पर्यटनबाट ५ हजार मीटरमाथिको क्षेत्रमा हिमाली जनावर र वनस्पतिहरूको अवलोकन गर्न सकिन्छ । नेपाल पर्यटन बोर्डले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा सिफारिश गरेको छ । नेपाल ऐतिहासिक तथा धार्मिक स्थलका लागि पनि प्रसिद्ध रहेको छ । लुम्बिनी, जनकपुर, मुक्तिनाथ, स्वर्गद्वारी, मनकामना, पशुपतिनाथ आदि मुख्य धार्मिक स्थलहरू हुन् । साथै काठमाडाैं उपत्यकाका प्राचीन दरबारहरू पर्यटकीय गन्तव्यका दृष्टिकोणबाट ज्यादै महत्त्वपूर्ण मानिन्छन् । यहाँ प्रयोग भएका काष्ठकला तथा वास्तुकला ऐतिहासिक र अतुलनीय रहेका छन् । यस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूले पर्यटकलाई सहजै आकर्षित गराउँछ । यहाँ भिन्न संस्कृति र परम्परा भएका १ सय २५ जातजातिका मानिसहरू बसोवास गर्छन् । प्रत्येक जातिको आफ्नै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्यमान्यता रहेका छन् । यही सांस्कृतिक विविधता अवलोकन गर्न ठूलो संख्यामा विदेशी पर्यटक नेपाल आउने गर्छन् । साहसिक पर्यटनअन्तर्गत र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जिजम्पिङ हिमाल आरोहण पर्छन् । पर्यटनबाट हामीले धेरै फाइदा लिन सफल पनि भएका छाैं । विदेशी मुद्राको आर्जन, रोजगारीको अवसर, घरेलु तथा साना उद्योगको विकास, राजस्वमा वृद्धि, व्यापार तथा कला संस्कृतिको प्रवर्द्धन र विश्वमा देशको प्रचारप्रसारजस्ता फाइदा हुन्छन् । हामीले थप गन्तव्य स्थलको पहिचान गरी यस क्षेत्रको विकासमा अझै प्रभावकारी पहल गर्नुपर्ने देखिन्छ । यो क्षेत्र हाम्रो आर्थिक विकासका लागि ज्यादै महत्त्वपूर्ण रहेको छ । निजीक्षेत्रको सहकार्यमा पर्यटन प्रवद्र्धनमार्फत पर्यटकको संख्या र राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्नुपर्छ । नेपालीका आत्मीयता, मैत्रीभाव, उदारता र विश्वास नै पर्यटकलाई पस्किने व्यञ्जन हुन् । पर्यटकहरूले अझै पनि आफू सुरक्षित अनुभूति गर्न सकेका छैनन् । उनीहरूले चाहेअनुसारका सेवासुविधा उपलब्ध गराउन पनि सकेका छैनाैं । सरकारी कार्यालयबाट प्राप्त गर्ने सेवा पनि झन्झटिलो र प्रक्रियामुखी हुँदा पर्यटकले समस्याको सामना गर्नु परेको वास्तविकता हामीले भुल्नु हुँदैन । पर्यटक लुटिने, ठगिने र उनीहरूका सामान हराउने घटनाहरू पनि यदाकदा घटने गरेका छन् जसले नकारात्मक सन्देश प्रवाह हुने खतरासमेत हुन्छ । नेपालमा धार्मिक पर्यटनको सम्भावना ज्यादा रहेको छ किनभने यहाँ अनेकौं देवदेवीका मन्दिर तथा देवस्थलहरू छन् । मूलतः भारतीय पर्यटक पशुपतिनाथको दर्शन गर्न हजारौंको संख्यामा आउने गर्छन् । त्यसैगरी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देशबाट पर्यटक आउने गर्छन् । हाम्रो अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेको पर्यटनको विकासका लागि सरकार तथा अन्य सरोकारवालाहरू मिलेर अगाडि बढ्नुपर्छ । कारोनाको मारमा परेको यो पर्यटन क्षेत्रले विस्तारै गति समात्न थाल्दा सबैमा आशाको सञ्चार गराएको छ जुन सकारात्मक र महत्त्वपूर्ण पनि छ । लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

गति बढाउँदै होटल तथा पर्यटन व्यवसायले

नेपालगञ्ज । कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको लकडाउन तथा निषेधाज्ञापछि लगभग शून्यमा झरेको बाँके जिल्लाका ठूला सुविधा सम्पन्न होटलको कारोबारले विस्तारै गति लिन थालेको छ ।  पर्यटन गन्तव्यको केन्द्रबिन्दुका रुपमा रहेको नेपालगञ्जबाट कैलाश मानसरोबर, बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य गरेर...

लुम्बिनीमा कृषि, पर्यटन र औद्योगिक विकासको उच्च सम्भावना

काठमाडौं । लुम्बिनी प्रदेशमा कृषि, उद्योग र पर्यटन विकासको प्रशस्त सम्भावना देखिएको छ । त्यहाँ भएको कृषियोग्य भूभाग, औद्योगिक क्षेत्र र पर्यटन स्थलहरूका कारण यी ३ क्षेत्रको विकासमा उच्च सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन मंगलवार सार्वजनिक गएिको छ, त्यसमा गत आवको पहिलो ६ महीनाको तथ्यांक समावेश गरिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले लुम्बिनी प्रदेशको समग्र आर्थिक गतिविधिको सम्बन्धमा अध्ययन गरिएको बताए । ‘हामीले लुम्बिनी प्रदेशको समग्र अर्थतन्त्रको आर्थिक गतिविधि अध्ययन गरेका थियौं । हामीले क्षेत्रगत रूपमा पनि आवश्यक अध्ययन गरेका थियौं,’ उनले भने, ‘त्यसमार्फत हामीले समग्र लुम्बिनी प्रदेशमा क्षेत्रगत व्यवसायको सम्भाव्यता र चुनौती पनि निकालेका छौं ।’ लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा अधिकांश कृषि उपजको उत्पादनका लागि आवश्यक मौसमी अनुकूलता रहेको छ । दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देहीलगायत भित्री मधेश तथा तराईका जिल्लाहरू कृषि उत्पादनका लागि उर्वर भूमि रहेका छन् । साथै, पहाडी जिल्लामा पनि बेंशी तथा फाँटहरू प्रशस्त रहेका छन् । त्यहाँ कृषि व्यवसाय विकासको उच्च सम्भाना रहेको अध्ययनले देखाएको छ । उक्त प्रदेशमा भरपर्दो सिँचाइ सुविधाको यथोचित व्यवस्था गर्न सकिएमा खाद्यान्नलगायत नगदे बाली उत्पादनको प्रशस्त सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । दाङ जिल्लालाई तेलहनको पकेट एरिया र रोल्पा, रूकुम तथा प्युठान जिल्लालाई बीउबिजन उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने अध्ययनले देखाएको छ । प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान जिल्लामा कफी र अदुवाजस्ता नगदे बालीको सफल उत्पादन भइरहेकोमा यसलाई थप विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यसका अलावा उखु, तरकारी र मसलाजन्य वस्तुहरूको उत्पादनको पनि उच्च सम्भावना रहेको बताइएको छ । यसमा पशुपालन, मत्स्यपालन, मौरीपालन, कुखुरापालन र अस्ट्रिचपालनको पनि सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । लुम्बिनी प्रदेशमा पर्यटन विकासको उच्च सम्भावना पनि रहेको अध्ययनले देखाएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी आफैमा एउटा विश्वप्रख्यात पर्यटक स्थल हो । हिन्दूहरूको पवित्रस्थल स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउरालीलगायत थुप्रै धार्मिकस्थल तथा सांस्कृतिक क्षेत्रहरू त्यहाँ छन् । साथै थारू, मगर, अवध, मुस्लिम आदि समुदायको विशिष्ट संस्कृतिहरू तथा बाँके र बर्दियामा रहेका प्रसिद्ध राष्ट्रिय निकुञ्जहरूले गर्दा त्यहाँ पर्यटनको विकासको उच्च सम्भावना दखिएको हो । उक्त प्रदेशका पहाडी जिल्लाहरूमा सुविधा सम्पन्न हिल स्टेशनहरू निर्माण गरेर आन्तरिक एवम् बाह्य पर्यटक आकर्षण गर्न सकिने सम्भावना पनि देखिएको छ । यसका अलावा होमस्टेहरूको व्यवस्थित रूपमा विकास गरी पर्यटकहरूलाई थप आकर्षण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । बुटवल, भैरहवा, घोराही, तुलसीपुर, नेपालगञ्ज र कोहलपुरजस्ता तीव्र रूपमा विस्तारित हुँदै गएका शहरहरूलाई पर्यटन, उद्योग, व्यापार, बैंकिङ, पूँजीबजार, शिक्षा, स्थास्थ्यजस्ता क्षेत्रको मुख्य केन्द्रको रूपमा विकास र विस्तार गर्न सकिने पनि अध्ययनले देखाएको छ । यी सम्भावित महानगरहरू सिंगो प्रदेशको आर्थिक समृद्धिको संवाहक हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । लुम्बिनीमा औद्योगिक विकासको सम्भावना पनि रहेको अध्ययनले देखाएको छ । लुम्बिनी प्रदेश पनि भारतीय सीमासँग जोडिएको, सुनौलीजस्ता ठूला भन्सार नाकाहरू पनि रहेको तथा सजिलै कच्चा पदार्थ आयात गर्न सकिने र उत्पादित वस्तु निर्यात गर्न सकिने भएकाले यस्तो सम्भावना देखिएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले लुम्बिनीमा कृषि, पर्यटन र औद्योगिक विकासको उच्च सम्भावना देखिएको बताए । ‘लुम्बिनीमा भएको भौगोलिक अवस्था, पर्यटन स्थलका कारण कृषि र पर्यटकको उच्च सम्भावना रहेको छ,’ उनले भने, ‘साथै, उद्योग विस्तारका लागि आवश्यक पूर्वाधार तथा भारतीय सीमा नाकाका कारण औद्योगिक विकासको पनि सम्भावना देखिएको छ ।’ कृषि, पर्यटन तथा उद्योगको विकासमा सम्भावनासँगै चुनौती पनि रहेको अध्ययनले देखाएको छ । पछिल्लो समय प्रदेशमा अव्यवस्थित जग्गा विकास एवम् आन्तरिक बसाइसराइँजस्ता गतिविधिले कृषि भूमिको क्षयीकरणको समस्या बढ्दो क्रममा रहेको छ । सार्वजनिक जग्गा र वन क्षेत्रको अतिक्रमण र हस्तक्षेपको समस्या पनि चुनौतीका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ । पहाडी जिल्लामा पर्याप्त कृषि श्रमिकको अभावमा तथा कतिपय क्षेत्रमा जग्गा बाँझो हुने समस्या रहेको छ । साथै, उचित पूर्वाधार एवम् बजारको अभावका कारण उत्पादित कृषि वस्तुले समेत यथोचित मूल्य पाउन सकेको छैन । त्यसमाथि युवाहरू कृषिक्षेत्रतर्फ आकर्षित भएका छैनन् । त्यो अवस्थामा कृषिको विकासमा थप चुनौती हुने प्रतिवेदनमा उल्लेख छ । पर्याप्त रोजगारी सृजना हुन नसक्दा युवावर्ग विदेशिने क्रम उल्लेख्य रूपमा रहेको छ । युवाहरूलाई उत्पादनमूलक, उद्यमशील र सृजनशील कार्यमा संलग्न गराउनुपर्ने काम चुनौती पूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ ।

पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण गरिदैं

साउन १९, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले वृहत योजना बनाई प्यूठानको पवित्र धार्मिक स्थल स्वर्गद्वारी आउने पर्यटकलाई रोल्पासम्म ल्याउनको लागि गाउँपालिकाले यस्तो योजना बनाएको हो ।  त्यसका लागि गाउँपालिकाको २ नम्बर वडामा पर्ने स्वर्गद्वारी महाप्रभुले स्नान गरेको लुङ्ग्री र माडी नदीको किनार चतुर्भूजमा तटीय पार्क निमार्ण गर्ने, सतिदेवीको अंग पतन भएको त्रिपुरेश्वरी मन्दिरको मूल मन्दिर पुनः निर्माण गरिएको छ । प्रदेश सरकारको ३०÷३० लाख बजेटबाट पार्क र मन्दिर निर्माण सम्पन्न भएको सुनिलस्मृति गाउँपालिका–२ का वडाध्यक्ष नेत्रबहादुर गिरीले बताए । यस्तै, गाउँपालिकाको आफ्नै लगानीमा १ नम्बर वडामा पर्ने रातोमाटोमा पार्क बनाउने, खुङ्ग्रीकोट र गजुलकोट दरवारको संरक्षण गर्ने काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।

नेपाली पर्यटन क्षेत्र

व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । नेपालको आर्थिक विकास र समृद्धिको लागि तेस्रो प्राथमिकताको क्षेत्र पर्यटन हो । हाम्रो देशमा हिमालयसहितको अनुपम प्राकृतिक सौन्दर्य छ, जैविक विविधता छ । काठमाडौं उपत्यकामा पुराना वास्तुकलासहितका सांस्कृतिक सम्पदा र लुम्बिनी, जनकपुर, पशुपतिनाथ, मुक्तिनाथजस्ता सांस्कृतिक केन्द्र छन् । पश्चिममा खप्तड, रारा, बीचमा मनकामना, गोरखकाली, स्वर्गद्वारी, […]

विस्तारै गति लिँदै नेपालगञ्जको होटल  व्यवसाय

१४ फागुन, नेपालगञ्ज । यहाँका ठूला सुविधा सम्पन्न होटलको कारोवारले विस्तारै गति लिन थालेका छन् । पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्ज हुँदै कैलाशमानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा …

नेपालगन्जको होटेल तथा पर्यटन व्यवसाय लयमा फर्किँदै

नेपालगन्ज। यहाँका ठुला सुविधा सम्पन्न होटेलको कारोबारले बिस्तारै गति लिन थालेका छन् । पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगन्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारेसहितका सुविधा सम्पन्न होटेल खुलेका छन् ।

स्वर्गद्वारी प्यूठान महोत्सव सुरु

स्वर्गद्वारी प्यूठान चौथो महोत्सव सुरु भएको छ । प्रदेश नम्बर ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले बिहीबार महोत्सव उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले कृषि, वन र पर्यटन देश समृद्धिको मुख्य आधार भएको बताए । देशको आर्थिक समृद्धिमा वैदेशिक रोजगारी मुख्य बाधक भएको बताउँदै उनले कृषि बन र पर्यटनमुखी क्रियाकलापमा देशमै अवसर प्रशस्त रहेको औंल्याए । प्रदेश सरकारले प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेको बताउँदै उनले पर्यटकीय क्षेत्रको सम्बद्र्धनबाट प्रदेशको समुन्नति अगाडि बढ्ने बताए । “जसरी अर्थतन्त्रको योगदानमा कृषि क्षेत्र अगाडि छ ।

‘एकद्वार प्रणालीबाट कर तिर्न चाहन्छौँ’

पर्यटकीय क्षेत्रको विकासमा प्युठानमा होटल व्यवसायीले उल्लेखनीय भूमिका खेलेको छ। स्वर्गद्वारी प्युठान महोत्सव, प्युठानका धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण ठाउँहरूको तस्वीर राखिएको फ्लेक्स प्रत्येक होटलका भित्ताहरूमा राखेर, देशभरका होटल व्यवसायी संघ, मिडिया, पर्यटन व्यवसायीलाई प्युठानमा रहेको स्वर्गद्वारी आश्रममा वृहत अन्तक्र्रिया...