संसदीय समितिले काठमाडौं उपत्यकाको सहायक मार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले बनिरहेका सहायक मार्गहरुले मुख्य सडकको भार कम गर्ने र सहरको सौन्दर्यमा समेत योगदान गर्न सक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयलाई सम्बन्धित पक्षसँग मिलेर छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको हो । बैठकमा समितिले सहायक मार्ग निर्माणको काम समयमै सम्पन्न नहुँदा निर्माण खर्चमा वृ