स्थानीयवासी विस्थापित नहुने गरी नागढुङ्गा सुरुङ मार्गकाे काम गर्न सरकारलाई निर्देशन

काठमाण्डाै – संसदीय समितिले स्थानीयवासी विस्थापित नहुने गरी नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्काे राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीले आइतवार राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयवासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो । संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका पदाधिकारीले आयोजनाको कार्य प्रगतिबारे जानकारी गराएका थिए । यो आयोजनालाई अघि बढाउन...