काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । आज (सोमबार) बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदन पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो । यसअघि समितिले नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अनुगमन र विश्लेषण गर्न उपसमितिको गठन गरेको […]