काठमाण्डाै – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी प्रक्रिया पुर्याएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
आज साेमवार समितिको सभा हल सिंहदरबारमा बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण रोक्नुपर्ने कुनै कारण नभएकाले कानुनी प्रक्रिया पुर्याएर निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी अहिलेसम्म भएका सबै निर्णय खारेज गर्दै विमानस्थल नबनाउन आदेश ...