काठमाण्डाै - सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई प्रतिनिधि सभाको सात र प्रदेश सभाको १६ वटा सिट दिने सहमति भएको छ । हिजो शनिवार बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट यस्तो सहमति भएको हो ।
सहमतिअनुसार लोसपाले प्रतिनिधि सभामा सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २ र ३ तथा सर्लाही १ पाएको छ । यस्तै सर्लाही २ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।
यो क्षेत्र सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ । यस्तै प्रदेश सभा अन्तर्गत सप्तरी २ क, स...