कास्की : प्रतिनिधि सभामा एमालेको 'क्लिन स्वीप', प्रदेशमा एमाले ४ र कांग्रेस २ मा विजयी

कास्की – कास्कीमा नेकपा एमालेले तीन वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका नेताहरूलाई पराजित गर्दै 'क्लिन स्वीप' गरेको छ । प्रदेश सभामा भने नेकपा एमालेले ४ र नेपाली कांग्रेसले २ ठाउँमा जित हासिल गरेका छन् ।  प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा कास्की क्षेत्र नम्बर १ मा नेकपा एमालेका मनबहादुर गुरुङ निर्वाचित हुनुभयाे । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ५ सय १९ मतान्तरले पराजित गर्दै गुरुङ विजयी हुनुभएकाे हाे ।  गुरुङ अघिल्लो चुनावमा गण्डकी प्रदेश ...

सम्बन्धित सामग्री

मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभामा सांसद थिङले अघि बढाउने

२२ माघ, काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक प्रतिनिधि सभामा सांसद सुशीला थिङले अघि बढाउने भएकी छन् । राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक पारित भएर प्रतिनिधि सभामा आएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय मर्यादा सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरे । संसद सचिवालयका प्रवक्ता एकराम […]

रौतहटबाट प्रतिनिधि सभामा देखियो स्वतन्त्रको वर्चस्व

प्रतिनिधि सभामा दुई स्वतन्त्र तथा नेपाली काँग्रेस र नेकपा एसका एक एक जनाले चुनाव जित्दा रौतहटमा स्वतन्त्रको वर्चस्व देखिएको हो।...

प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

काठमाडौं, कात्तिक ३ । प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२र६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको तुलनामा घट्ने सम्भावना देखिएको छ । अघिल्लो प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए भने […]

प्रतिनिधि सभामा दलित प्रतिनिधित्व घट्दो

प्रतिनिधि सभामा दलित समुदायको प्रतिनिधित्व निरन्तर घट्दो छ । २०६२/६३ सालको जनआन्दोलनपछि ह्वात्तै बढेको प्रतिनिधित्व क्रमशः घट्न थालेको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनपछि पनि दलित समुदायको प्रतिनिधित्व विगतको तुलनामा घट्ने सम्भावना देखिएको छ ।अघिल्लो प्रतिनिधि सभामा दलित समुदायबाट तीन जना प्रत्यक्ष निर्वाचित भएका थिए भने यस पटक प्रमुख दलबाट तीन जना मात्रै उम्मेदवार छन् । प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट दलित उम्मेदवारी शून्य रहेको छ । सुरुमा नेपाली कांग्रेस, नेकपा

काँग्रेसको प्रतिनिधि सभामा बहुमत सम्भव होला

काठमाडौं, २३ भाद्र । नेपालको संसदीय इतिहासमा नेपाली काँग्रेस यस्तो दल हो जसले २०१५ सालको पहिलो आमनिर्वाचनमा प्रतिनिधि सभामा दुई तिहाई सिट जितेको थियो । काँग्रेसका तत्कालीन नेता वीपी कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री बनेका थिए । पञ्चायतको अन्तपछि बहुदलीय व्यवस्था स्थापना भयो । २०४८ सालको आमनिर्वाचनमा काँग्रेसले बहुमत हासिल गरेको थियो । २०५६ मा पनि […]

प्रतिनिधि सभामा नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत

काठमाडौं ।  प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ । प्रतिनिधि सभाको आईतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्नुभएको हो । उहाँले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताउनुभयो । […]

प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको खोजी

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुले सरकार कता छ भन्दै खोजी गरेका छन् । संसदको बिहिबारको बैठकमा देशमा बढेको अनेकन समस्याको दृष्टान्त दिँदै सांसदहरुले सरकारको खोजी गरेका हुन् । यसक्रममा सत्तारुढ नेपाली कांग्रेसका सांसद डिला संग्रौलाले सरकार कहाँ छ ? भन्दै प्रश्न गर्नुभयो । जनताका लागि कोही पनि नभएको भन्दै उहाँले सरकार जिम्मेवार र वफादार नभएको […]

प्रतिनिधि सभामा ८ विधेयक पेस

प्रतिनिधि सभामा विभिन्न ८ वटा विधेयक पेस भएको छ । मंगलबारबाट सुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा विभिन्न ८ विधेयक पेस भएका हुन् । प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरे ।त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले औषधि (तेस्रो संशोधन

एमालेको विरोधका बीच प्रतिनिधि सभामा पेश भयो संशोधित बजेट

पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्नेगरी प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक- २०७८ प्रतिनिधि सभामा पेश गरेका हुन् । यसअघि शुक्रवार नै बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो । अध्यादेश स्वीकृत भएसँगै त्यसलाई प्रतिस्थापन गर्न अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक संसद्मा पेश गरेका हुन् । अर्थमन्त्रीले विधेयक पेश गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले ...

प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलो पटक ओलीले प्रतिनिधि सभामा सम्वोधन गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गर्ने भएका छन् । आफैले दोश्रो पटक भंग गरेको प्रतिनिधि सभाको पुनःस्थापना पछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिनिधि सभामा सम्वोधन गर्न लागेका हुन् । ओलीले आज सभामा सम्बोधन गर्ने कार्यसूची तय भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले रातोपाटीलाई जानकारी दिए । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्वोधन गर्न लागेका हुन् ।